default_image

5 years ago

October 22, 2019

‘आफ्नो बारेमा हल्ला गर्न आवश्यक छैन’ – मेस्सी

129 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले आफ्नो उपलब्धिका बारेमा क्रिष्टियानो रोनाल्डो वा ज्लाटान इब्राहिमोभिचको जस्तो हल्ला गर्न आवश्यक नलाग्ने बताएका छन् । युरोपका शीर्ष लिगमध्ये गत सिजन सर्वाधिक गोल गरेका मेस्सी छैटौं पटक गोल्डेन बुट अवार्डबाट सम्मानित भएका थिए ।

आफु कति राम्रो खेलाडी भन्ने राम्ररी थाहा भएकाले हल्ला गर्नु नपर्ने उनको भनाई छ । फुटबल इतिहासकै सर्वाधिक सफल खेलाडी मध्येका एक मानिने मेस्सी आफु व्यक्तिगत सफलताका बारेमा खासै बोल्दैनन् । ‘अरु जसरी म कुरा गर्दिन । मलाई थाहा छ म के हु भन्ने । के दिए वा के दिन सक्छु । त्यो मलाई थाहा छ । तर ती सबै आफैमा सिमित राख्छु ,’ मेस्सीले भने,‘ मान्छे आफ्ना बारेमा भनिएरहेका हुन्छन् । तर मलाई आफ्नो बारेमा कुरा गर्न मन पर्दैन । म सामुहिकताबा बारेमा कुरा गर्न रुचाउँछु ।’

क्लब फुटबल सर्वाधिक सफल खेलाडी मध्येका एक ३२ वर्षे मेस्सी पछिल्लो केहि व र्षयता चोटमुक्त हुन संघर्षरत छन् । चोटकै कारण उनले यो सिजन सन्तोषजनक सुरुवात गर्न सकेका छैनन् । मेस्सीले आफ्नो शरीरका बारेमा पहिला भन्दा बढी सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् ।

‘ मानसिक रुपमा हामी ठिकै हुन्छौं । हामीलाई लाग्छ २५ वर्षकै छौं, उनले अनुभव सुनाए ,‘ कठिन नै त्यसमा छ । हाम्रो शरीरले पहिला जस्तै गर्न सक्छौं भन्ने सोच्छौं । तर शरीरको आफ्नो नियम र सिमा छन् । त्यसले हामीले पहिला भन्दा बढी सचेत हुन आवश्क छ । प्रशिक्षण र खेलका लागि त्यहि अनुसारले तयारी गर्नुपर्दछ । ’

मेस्सीले अहिले सम्मको खेल जीवन बार्सिलोनामा नै बिताएका छन् । रोनाल्डोको भन्दा भिन्न । रोनाल्डोले अहिले सम्म चार फरक देशका क्लबबाट खेलिसकेका छन् । पटक पटक मौका आउँदा पनि मेस्सीले बार्सिलोना छाडेर अन्त जाने निर्णय गरेनन् । ‘सबैको आफ्नो लक्ष्य र अनुभव हुन्छ । मलाई विश्वकै उत्कृष्ट क्लब छाडेर जानु पर्ने आवश्यकता कहिल्यै भएन । बार्सिलोना भनेको त्यहि हो,’ उनले थपे,‘ म यहाँको प्रशिक्षण, खेल र शहरमा रमाउँछु । यो शहर मलाई पूर्ण लाग्छ । म आफ्नो र क्लबको लक्ष्यमा प्रष्ट छु र त्यसका लागि प्रयत्नशिल रहन्छु । ’

पछिल्ला केहि वर्षमा भने उनले आफुलाई फरवार्डबाट मिडफिल्डरको भूमिकामा रुपान्तरण गरेका छन् । उनले खेलको परिस्थितिमा भूमिका निर्भर हुने बताए । ‘मलाई थाह छैन । परिस्थिति कसरी जान्छ ,’ उनले भने,‘ बल नियन्त्रण, पास मिलाउन अहिले म प्राय मैदानको अलि तल रहेर खेल्छु । मलाई थाहा छैन भविष्यमा मेरो भूमिका के हुन्छ ।’

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.