default_image

5 years ago

October 29, 2019

चर्को मुल्यका कारण रियलले नेयमार किनेन !

109 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार समर ट्रान्सफर विन्डोको समयमा रियल म्याड्रिडमा जान तयार रहेको खुलेको छ । तर, उनका लागि चर्को मुल्य तिर्नुपर्ने भएपछि रियलले नेयमार लिन नचाहेको बताइएको छ ।

ब्राजिलियन नेयमार पुनः बार्सिलोना फर्कने चर्चाका बीच रियलले पनि आफ्नो प्रस्ताव अघि सारिरहेको थियो । तर, दुवै प्रस्ताव सफल हुन सकेनन् । नेयमार आफै भने पुरानै क्लबमा फर्कन इच्छुक रहेको सञ्चारमाध्यमले पटक पटक उल्लेख गरेका थिए । त्यसकै बीचमा रियलले पनि उनका विषयमा बुझ्ने कोशिस गरेको थियो । चर्को मुल्यका कारण रियल पछि हटेको बताइन्छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नेयमारका प्रशंसक मध्येका एक हुन् । उनले विगतमा पनि नेयमारलाई रियलमा भित्राउन कोशिस गरेका थिए । यसपटक पनि उनी नेयमारलाई लिन चाहन्थे । त्यसका लागि रियलले नगद तथा ग्यारेथ बेल र हामेस रोड्रिग्वेजमध्ये एकलाई पिएसजी पठाउन चाहेको थियो ।

तर, त्यस्तो कुनै सम्झौता हुन सकेन । सबै सम्भावनालाई चिर्दै नेयमार अन्ततः पिएसजीमै बसे । फेरि सुरुवा बजार खुल्दा नेयमारको सरुवाको चर्चा भने हुने सम्भावना उत्तिकै छ ।

March 2, 2025

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]

March 2, 2025

उज्वेक टोली ब्ल्याक बुल्सले मेचीनगर गोल्डकप खेल्ने

हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]

March 2, 2025

मच्छिन्द्रको ह्याट्रिक यात्रामा आर्मी चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]

Success

Thank you for your time.