5 years ago
October 17, 2019
एजेन्सी – दक्षिण कोरियाका कप्तान तथा इंग्लिस क्लब टोटेनहमका फरवार्ड ह्युङ मिन सनले दुई कोरियाबीचको विश्वकप छनोटको डर्बी खेलको आफ्नो अनुभव साटेका छन् ।
सुरक्षित रुपमा कोरियामा अवतरण गरेपछि कप्तान सनले प्रत्यक्ष प्रसारण, दर्शक र अन्तर्राष्ट्रिय मिडिया नभएको खेल निकै नै आक्रमक भने व्याख्या गरेका छन् । मंगलबार राति किम सेकेन्ड सुङ स्टेडियममा भएको सन्नटापुर्ण खेलमा दक्षिण कोरियाका दर्शक र पत्रकारलाई प्रतिबन्ध लगाइएको थियो । खेलको प्रत्यक्ष प्रसारण समेत भएको थिएन ।
कोरिया फुटबल संघले खेलको प्रत्यक्ष जानकारीका लागि दुई कर्मचारी पठाउने अनुमति पाएको थियो । ति दुई कर्मचारीले नै कोरियन फुटबल संघलाई खेलबारे जानकारी गराएका थिए । खेल गोलरहित बराबरीमा सकिएको थियो । उत्तरले खेलपछि र दक्षिणका खेलाडीहरु स्वदेश फर्किएपछि खेलको भिडियो टेप र केही तस्बिरहरु दिन सहमत भएको थियो ।
दक्षिणका खेलाडीहरु फर्किएपछि खेलको फुटेज र केही तस्बिरहरु विभिन्न सञ्चारमाध्यममा पोस्ट भएको थियो । फिफा वरीयतामा उत्तर कोरिया ११३औं स्थानमा छ । उसले घरेलु मैदानमा आफुभन्दा माथि रहेको (३७) दक्षिण कोरियालाई बराबरीमा रोक्न सफल भएको थियो । सनले स्वदेश फर्किएलगत्तै खेलबारे मुख खोलेका हुन् ।
‘यो एकदमै खराब हो । हामीले खेल जितेनौ । खेल यति सम्मको आक्रमक थियो कि हामीले सोच्नै सकेनौ । यति हुँदा हुँदैपनि चोटपटक विना सुरक्षित रुपमा घर फर्कनुपनि एउटा ठुलो उपलब्धि हो ,’ २७ वर्षे कप्तान सनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भने,’ उत्तरका खेलाडीहरुले सपथै खाएर संवेदनशील र आक्रमक खेलेको देखियो । म खाली स्टेडियम देखेर आश्चर्यमा भने परिन ।’
कोरियन फुटबल संघका उपाध्यक्ष चोइ योङ इलले गोलरहित बराबरीको खेललाई उत्तरले कसरी सञ्चाल ग¥यो भनेर आलोचना गरेका छन् । ‘यो एक युद्ध जस्तै थियो । मैले फुटबलमा यस्तो अहिलेसम्म देखेको थिएन ’ उपाध्यक्ष इलले भने । दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले टोलीले पहिलो हाफमा सोचेजस्तो खेल्न नसकेको दोस्रो हाफ उत्कृष्ट रहेपनि रेफ्रीका कारण बराबरीमा रोकिन परेको बताएका छन् ।
यि दुई टोलीले १९९० को मैत्रीपुर्ण खेलपछि पहिलो पटक उत्तर कोरियामा खेलेको हो । यि दुई टोलीबीच ४ जुन २०२० मा सियोलमा र्काे खेल हुदैछ । उत्तरले प्रतिबन्ध लगाएजस्तै दक्षिणले घरेलु मैदानमा हुने खेलमा के गर्ने हो त्यो भने हेर्न बाँकी छ ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]