5 years ago
October 17, 2019
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ सार्ने स्पेनिस ला लिगाको प्रस्तावलाई स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले अस्वीकार गरेको छ ।
सिजनको पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय छ । अर्काे क्लासिको मार्चमा बर्नबेउमा हुने तय छ ।
स्पेनको स्वायत्त राज्य क्याटलानले लामो समयदेखि स्वतन्त्र राज्यको माग सहित आन्दोलन गर्दै आएको छ । सोही कारण ला लिगाले सर्वसाधारणको अशान्तको डरलाई सम्बोधन गर्दै सिजनको पहिलो एल क्लासिको सार्न दुवै क्लबलाई प्रस्ताव गरेको हो ।
खेल हुने दिन क्यालान शहरमा अझ बढी प्रदर्शन हुने सक्ने ला लिगाको अनुमान छ । गत सोमबारमात्र स्वयत्तताको आन्दोलनमा उत्रिएका ९ जना क्याटलानका नेताहरुलाई जेलमा राखिएपछि क्यालान क्षेत्र थप तनावग्रस्त हुदै आएको छ ।
बार्सिलोनाले ला लिगाको यो प्रस्तावलाई अनावश्यक रहेको बताएका छन् । रियाल म्याड्रिडले विरोधका बीच उनीहरुको स्टेडियममा जानुको सट्टा खेल नै पोस्टपोन्ड गर्नुपर्ने बताएका छन् । रियालले बर्नबेउमा नभइ कुनै अर्काे स्टेडियममा खेल गराउन पनि माग गरेका छन् ।
क्याटालोनिया उत्तर पुर्वी स्पेनको एक अर्ध स्वयत्त क्षेत्र हो । सन् २०१७ मा भएको जनमत संग्रहमा अधिकांश जनताले स्वतन्त्रताको पक्षमा मतदान गरेपनि स्पेनको संवैधानिक अदालतले यसलाई अवैध घोषणा गरेको थियो ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]