default_image

5 years ago

October 17, 2019

पोग्वा र गेयाले लिभरपुलविरुद्धको खेल गुमाउने

132 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका दुई भरपर्दा खेलाडी मिडफिल्डर पल पोग्वा र गोलरक्षक डेभिड डि गेयाले लिभरपुलविरुद्धको महत्वपुर्ण खेल गुमाउने भएका छन् ।

युनाइटेडले आइतबार राति घरेलु मैदानमा प्रिमियर लिगमा शीर्षस्थानमा रहेको लिभरपुलको आतिथ्यता गर्दैछ । पोग्वा एंकल इन्ज्युरीका कारण तथा गेयाले युरोकप छनोट अन्तरगत स्वीडेनविरुद्धको खेलमा मसल्समा चोट बोकेका थिए । दुवै खेलाडी टोलीमा नरहने पक्का भएसँगै म्यानचेस्टर युनाइटेडलाई समस्या हुन सक्नेछ ।

युनाइटेडका मेडिकल स्टाफहरुले गेयाको सिटी स्क्यानपछि खेल्न नसक्ने पुष्टि गरेको हो । पोग्वाले चोटकै कारण गत अगस्टदेखि मात्रै दुई खेलमा मौका पाएका छन् । गेयाको स्थानमा अब दोस्रो रोजाईका सर्जियो रोमेरोले युनाइटेडको पोस्ट सम्हान्लेछन् ।  युनाइटेडमा आरोन वान विशाखा, एन्थोनी मार्सियल, डिएगो डालोट, जेसे लिङ्गार्ड, लुका सा र मासन ग्रीनवुडलगायतका खेलाडी चोटसँग जुधिरहेको छ ।

लिभरपुलमा पनि पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर, फरवार्ड मोहम्मद सलाह र जदरान साकिरीलगायतका खेलाडी चोटसँग जुधिरहेका छन् । लिभरपुल युनाइटेडलाई पराजित गर्दै म्यानचेस्टर सिटीको १८ जितको कीर्तिमानलाई बराबरी गर्ने लक्ष्यमा हुनेछ ।

अपराजित रहेको लिभरपुल ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युनाइटेड ८ खेलबाट ९ अंक जोडेर १२औं स्थनमा छ । सिटीले १६ अंक जोडेर लिभरपुललाई पछ्याइरहेको छ ।

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.