default_image

5 years ago

October 16, 2019

मेस्सीले छैटौं पटक गोल्डेन बुट जिते

178 views

0 Bookmark

एजेन्सी – लियोनल मेस्सीले छैटौं पटक गोल्डेन बुट जितेका छन् । युरोपको शीर्ष डिभिजनको लिगमा गत सिजन सर्वाधिक गोल गरेकाले मैसीले गोल्डेन बुट जितेका हुन् । बार्सिलोनाका सुपर स्टारले २०१८/१९ को सिजनमा ३६ गोल गरेका थिए ।

उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन् । ३२ वर्षे स्टार गोल्डेन बुट लिनका लागि श्रीमति एन्टोनेला रोकुवा तथा छोराहरु थिएगो र माटेउका साथ स्टेजमा गएका थिए ।


उनले गत वर्ष ३४ र २०१६/१७ को सिजनमा ३७ गोल गरेका थिए । अर्जेन्टिनी सुपर स्टालले गोल्डेन बुट पहिलो पटक २००९/१० को सिजनमा जितेका थिए । त्यति बेला उनले ३४ गोल गरेका थिए । त्यसपछि सन् २०११/१२ मा सर्वाधिक ५० गोल र अर्को वर्ष ४६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.