5 years ago
October 16, 2019
एजेन्सी – पछिल्लो एक साता युरोपियन राष्ट्रबीत युरोकप छनोट खेल चलिरहेको छ । दक्षिण अमेरिका, उत्तर अमेरिका र अफ्रिकी राष्ट्रहरु मैत्रीपुर्ण खेलमा व्यस्त रहँदा एसियन राष्ट्र भने कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा व्यस्त छन् ।
एक सातामा एसिया केही राष्ट्रले विश्वकप छनोटका दुई खेल खेले । नेपालले पनि अष्ट्रेलिया र जोर्डनसँग उसकै भुमिमा छनोटको खेल खेल्यो । नेपालले दुवै खेलमा ५–० र ३–० ले विपक्षीलाई नतिजा सुम्पियो ।
दक्षिण एसियाको बलियो राष्ट्र भारतले आयोजक कतारलाई गोलरहित बरारबरीमा रोकेपनि पछिल्लो खेलमा बंगलादेशसँगको हारबाट बालबाल बच्यो । कतारले ओमानलाई पराजित गर्दै शीर्ष स्थानमा कायमै रहन सफल भयो ।
मंगलबार राति विश्वकप छनोटमा यस्तो खेल पनि रह्यो । जसलाई कसैले चाल पाएनन् । त्यो छनोटको खेल थियो । दुई कोरिया दक्षिण र उत्तरबीचको खेल । दुई कोरियाबीच खेल हुने यसअघि नै तय थियो । तर, त्यो खेल कुन समयमा कसरी भयो, कसैलाई थाहा भएन ।
खेलको न प्रत्यक्ष प्रशारण थियो, न त विदेशी पत्रकार नै उपस्थित थिए, अझ भनौ ५० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटमा एक जना पनि दर्शक उपस्थित थिएनन् । उत्तर कोरियाको प्योङयाङमा खेलिएको त्यो अति गोप्य खेल गोलरहित बराबरीमा सकियो । दुवैले अंक बाँडे ।
विश्वकप छनोटको खेल उत्तर कोरियामा यी दुई टोलीबीच १९९० पछि पहिलो खेल थियो । गतवर्ष दक्षिण कोरियमा भएको विन्टर ओलम्पिकमा दुवै राष्ट्र एक झन्डा मुनि बस्दै दुई देशबीचको युद्धलाई शान्त पार्न पुलको काम गरिएको भन्ने विश्वास थियो । तर, किमको अमेरिकासँगको वार्ता विघटनपछि दुई कोरियाबीच उत्तिकै द्धन्द्ध सुरु भइसकेको छ । सोही कारण यी दुई देशबीचको खेलको कसैले पनि भेउ पाएनन् ।
दक्षिण कोरियाबाट खेलाडी र अफिसियलसँगै अन्य दुई जनालाई टोलीसँगै पठाएको थियो । उनीहले नै कोरियन फुटबल फेडेरेसनमा खेलबारे जानकारी दिएका थिए । कडा सुरक्षाकाबीच भएको गोप्य खेलमा उत्तर कोरियाका किम जोङको सरकारले खेल हेर्न दक्षिण कोरियाका कसैलाई पनि अनुमति दिएको थिएन ।
उत्तरले खेलपछि र दक्षिणका खेलाडीहरु स्वदेश फर्किएपछि खेलको भिडियो टेप र केही तस्बिरहरु दिन सहमत भएको थियो । दक्षिणका खेलाडीहरु फर्किएपछि खेलको फुटेज र केही तस्बिरहरु विभिन्न सञ्चारमाध्यममा पोस्ट भएको थियो ।
समूह ‘एच’ मा दक्षिण कोरिया ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहदा समान खेलबाट समान ७ अंक रहेपनि उत्तर दोस्रो स्थानमा छ । लेवनान ६ अंक जोडेर तेस्रा, तुर्केमिनिस्तान ३ अंकसहित चौथो तथा श्रीलंका अंकविहीन हुदै पुछारमा छ । दुई कोरियाबीचको अर्को खेल २०२० जुनमा दक्षिण कोरियाको सियोलमा हुनेछ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]