default_image

9 years ago

June 13, 2016

साविक विजेता स्पेनको सफल सुरुआत

114 views

0 Bookmark

2376262_w1

गोल गर्ने क्रममा स्पेनका जेरार्ड पिके ।

पेरिस (एजेन्सी)– स्पेनले लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिप उपाधि जित्ने अभियानको सुरुआत जितबाट गरेको छ । समूह डी अन्तर्गको खेलमा स्पेनले चेक गणतन्त्रलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको हो । गोल भने बार्सिलोनाका रक्षक जेरार्ड पिकेले खेलको अन्त्यतिर गरेका थिए ।
८७ औं मिनेटमा पिकेले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो पछिल्लो दुई संस्करणको विजेताले तीन अंक जाड्यो । बराबरीतर्फ उन्मुख खेलको अन्त्यतिर बार्सिलोनाकै आन्द्रे इनियस्टो निकालेको क्रममा पिकेले हेड गर्ने अवसर पाएका हुन् ।
मिडफिल्डर डेभिड सिल्भाको सर्यौ अन्तराष्ट्रिय खेलमा स्पेनको गोलपोस्टको जिम्मा म्यानचेस्टर युनाइटेडका डेभिड डि जियाले पाएका थिए ।
जुन १७ मा स्पेनले टर्की र चेक गणतन्त्रले क्रोएसियासँग खेल्नेछ ।

गोलपछि खुसी मनाउँदै स्पेनका खेलाडी ।

गोलपछि खुसी मनाउँदै स्पेनका खेलाडी ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.