5 years ago
October 16, 2019
एजेन्सी – आयरल्यान्डले युरोकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको छ । घरेलु टोली स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै आयरल्यान्डले विश्वकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको हो ।
समूह ‘डी’ मा शीर्षस्थानमा रहेको आयरल्यान्डको ७ खेलबाट १२ अंक छ । अब आयरल्यान्डको छनोटको अन्तिम खेलमा डेनमार्कसँग खेल्दैछ । यस खेलमा जित हात पारे आयारल्यान्ड युरोकपमा छनोट हुनेछ । पराजित भएको अवस्थामा अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
मंगलबार राति भएको खेलमा घरेलु टोली स्वीट्जरल्यान्डले खेलको १६औं मिनेटमा हरिस सेफेरोभिकको गोलबाट अग्रता लिएको थियो । ७६औं मिनेटमा आयरल्यान्ड १० खेलाडीमा समेटियो । सिमस कोलेमन दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसैमा प्राप्त पेनाल्टीमा रिकार्डाे रोड्रिग्वेज चुके ।
तर, इन्ज्युरी समयमा सेन डफीले आत्मघाती गोल गरेपछि स्वीट्जरल्यान्ड २–० ले विजयी हुन सफल भयो । जितपछि स्वीट्जरल्यान्डले युरोकपमा छनोट हुने सम्भावना जीवितै बनाएको छ । दुई खेल बाँबी रहेको स्वीट्जरल्यान्ड ६ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
यही समूहको अर्काे खेलमा जर्जियाले जिब्राल्टारलाई ३–२ ले पराजित गरेको छ ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]