5 years ago
October 16, 2019
एजेन्सी – पोर्चुगलमा अर्काे हुने युरोकपमा स्थान पक्का गरिसकेको इटालीले युरोकप छनोटमा लेचेस्टाइनमाथि प्रभावशाली जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले घरेलु टोलीमाथि ५–० को प्रभावशाली जित निकालेको हो ।
इटालीको फराकिलो जितमा एन्ड्रिय बेलोटीले दुई तथा फेडरिको बर्नारडेस्ची, एलेसियो रोमागनोली र स्टेफन अल सरावेले गोल गरे । एकपक्षीय बनेको खेलमा इटालीले पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा ४ गोल थप्न सफल भएको थियो । खेलको दोस्रो मिनेटमा फेडरिकोको गोलबाट इटाली खेलमा अघि बढेको थियो ।
इटालीले दोस्रो गोलको लागि ७०औं मिनेट कुर्नुपरेको थियो । एन्ड्रियले गोल गरे । ७७औं मिनेटमा एलेसियो रोमागनोलीले गोल गरेपछि इटालीले खेलमा ३–० को अग्रता लियो । ८२औं मिनेटमा स्टेफन अल सरावेले गोल गरेपछि इटालीले खेलमा ४–० को आरामदायी अग्रता लिदै सहज जिततर्फ अग्रसर बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्ड्रिउ बेलोटीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ५–० को फराकिलो जित दिलाए ।
जितसँगै समूह ‘जे’ मा इटाली अपराजित रहँदै ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लिचेस्टाइन २ अंक जोडेर पुछारमा छ ।
यही समूहको अर्काे खेलमा फिनल्यान्डले अर्मेनियामाथि ३–० को सहज जित निकाल्दै छनोट हुने सम्भावना बलियो बनाएको छ । फिनल्यान्डको ८ खेलबाट १५ अंक छ । अर्मेनिया १० अंक जोडेर तेस्रो स्थानमा छ । फिनल्यान्डको जितमा टिमु पुकीले दुई तथा फेडरिक जेन्सेनले एक गोल गरे ।
अर्काे खेलमा ग्रीसले बोस्निया हर्ज गोभिनालाई २–१ ले पराजित गरेको छ । ग्रीसको ८ अंक छ । बोस्निया हर्ज गोभिनाको १० अंक छ ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]