default_image

5 years ago

October 15, 2019

ताइपेइमाथि अष्ट्रेलियाको फराकिलो जित

77 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप अन्तरगतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा एसियाली पावरहाउस अष्ट्रेलियाले चाइनिज ताइपेइमाथि फराकिलो जित निकालेको छ ।

अष्ट्रेलियाले ताइपेइलाई उसकै मैदानमा ७–१ को फराकिलो जित निकालेको हो । अष्ट्रेलियाको फराकिलो जितमा एडम ट्यागगार्ट, ज्याक्सन इरभिन र ह्यारी साउटरले समान २–२ तथा जेमी म्याकलरेमले एक गोल गरे । ताइपेइका यि विइ चेनले सान्त्वना गोल फर्काए ।

अष्ट्रेलियाले खेलको १२औं मिनेटमा एडम ट्यागगार्टको गोलबाट खेलमा शुरुवाती अग्रता बनाएको थियो । १९औं मिनेटमा एडमले नै अष्ट्रेलियाको अग्रता दोब्बर पा¥यो । २१औं मिनेटमा यि विइ चेनले गोल गर्दै गोल अन्तर २–१ मा ल्याएका थिए ।

३४औं मिनेटमा ज्याक्सन इरभिनले गोल गर्दै अष्ट्रेलियालाई खेलमा ३–१ को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै ज्याक्सन इरभिनले व्यक्तिगत दोस्रो गोल गर्दा अष्ट्रेलिया पहिलो हाफमा ४–१ को आरामदायी स्थितिमा पुगेको थियो ।

अष्ट्रेलियाले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । ७३औं मिनेटमा ह्यारी साउटरले गोल थपे । ८४आं मिनेटमा जेमीले गोल गर्दै अष्ट्रेलियालाई फराकिलो जिततर्फ अग्रसर गराए । ८८औं मिनेटमा ह्यारी साउटरले गोल गर्दै अष्ट्रेलियालाई ७–१ को फराकिलो जित दिलाए ।

जितसँगै अपराजित रहेको अष्ट्रेलिया ३ खेलबाट ९ अंक जोडेर समूह ‘बी’ मा शीर्षस्थानमा रहेको छ । ताइपेइ ३ खेलबाट अंक विहीन हुदै पुछारमा छ ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.