5 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोट दोस्रो चरण अन्तर्गत चौथो खेलमा नेपाल र जोर्डन खेल्दैछन् । पहिलो हाफको खेल सकिंदा खेल गोलरहित बराबरीमा चलिरहेको छ ।
घरेलु टोली जोर्डनले पहिलो मिनेटदेखि नै दबाब बनाएपनि गोल गर्न सकेको छैन । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले तेस्रो मिनेटमा नै उत्कृष्ट बचाउ गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । त्यसपछि बलमा पकड बनाएको जोर्डनले नेपालको हाफमा दबाब दिएपनि उल्लेख्य अवसर सिर्जना गर्न सकेको छैन ।
नेपालका लागि ३६ औं मिनेटमा सन्तोष तामाङले पोस्टमा प्रहार गरेका थिए । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षकले विफल पारेका थिए । नेपालले काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि अन्तिम थर्डमा भने बल पकडमा राख्न सकिरहेको छैन ।
प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध टोलीबाट सुरुवाती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन् । पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका फरवार्ड विमल घर्तीमगर जोर्डनविरुद्ध सुरुवाती रोजाइमा रहेका छन् । उनलाई आक्रमणमा रवी पासवान, सुजल श्रेष्ठ र अन्जन विष्टले साथ दिनेछन् । मिडफिल्डको मध्यभागमा रोहित चन्द र सन्तोष तामाङ रहेका छन् । अघिल्लो खेलमा बेन्चबाट आएका सन्तोष विशाल राईको स्थानमा टोलीमा आएका हुन् ।
डिफेन्सको मध्यभागमा अनन्त तामाङ र देवेन्द्र तामाङको जोडीले निरन्तरता पाएको छ । बायाँ डिफेन्समा सुमन अर्याल र दायाँमा दिनेश राजवंशी रहेका छन् । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले नै सम्हाल्नेछन् । प्रशिक्षक कालिनले ४-५-१ को पद्दतिमा नै टोली उतारेका हुन् । अघिल्लो खेलमा सुमनको स्थानमा रंजित धिमाल खेलेका थिए ।
नेपालको लागि यो अन्तिम अवे खेल पनि हो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित भएको थियो ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]