default_image

5 years ago

October 15, 2019

नेयमार फेरि घाइते, चार साता मैदान बाहिर

79 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा ब्राजिलियन स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् ।

नाइजेरियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल दौरान नेयमारले आइतबार साँझ बाया खुट्टामा ह्यामस्ट्रिङ चोट बोकेका थिए । सिंगापुरमा आइतबार साँझ १–१ को बराबरी भएको खेलमा नेयमार खेलको १२औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

नेयमार कम्तीमा पनि चार साता बाहिर रहने पीएसजीले पुष्टि गरेको छ । ‘उनको सोमबार राति एमआरआई गरेका थियौं । बाया खुट्टामा दोस्रो ग्रेडको चोट छ । उनलाई खेलमा फर्कन कम्तीमा पनि चार साता लाग्ने छ ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले कम्तीमा पनि ६ खेल गुमाउनेछ । जसमा चार फ्रेन्च लिग र दुई च्याम्पियन्स लिग रहेका छन् ।

अघिल्लो सिजन नेयमारले चोटकै कारण पीएसजीका लागि २७ खेल गुमाएका थिए । नेयमारले चोट बोकेसँगै पीएसजी थप समस्यामा परेको छ । केलियन एमबाप्पे र एडिन्सन काभनी चोटबाट फर्कने प्रयासमा छन् । जुलियन ड्राक्सलर र थियो केरहर प्रशिक्षणमा जोडिएका छन् ।

चोट र आन्तरिक कारण नेयमारले नयाँ सिजनको लिग वानको सुरुवाती तीन खेल गुमाएका थिए । त्यसपछि लगातार पाँच खेलमा मौका पाएका नेयमारले ४ गोल र एक असिस्ट दिएका थिए ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.