default_image

5 years ago

October 15, 2019

रोनाल्डोको ७ सय गोल पुरा

59 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार राति युरोकप छनोट अन्तर्गत युक्रेनविरुद्व २–१ ले पराजित भएको खेलमा ३४ वर्षे कप्तान रोनाल्डोले पेनाल्टीमार्फत करियरको ७ सय गोल पुरा गरेका हुन् ।

रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा ७०० गोलको आँकडा भेट्टाउदै लेजेन्ड खेलाडीको सुचीमा अटाएका छन् । उनी करियरमा सर्वाधिक गोल गर्ने छैटौ खेलाडी बनेका छन् ।

उनी लेजेन्डहरु जोसेफ बिकान, रोमारियो, पेले, फेरेन्क पुस्कास र गर्ड मुलरसँगै ७०० गोलको क्लबमा जोडिएका हुन् । रोनाल्डो चेक रिपब्लिकका जोसेफ बिकान (८०५), ब्राजिलका रोमारियो (७७२), पेले (७६७), हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास (७४६) र जर्मनीका गर्ड मुलर (७३५) गोलभन्दा मात्रै पछि छ ।

पोर्चुगलका सर्वाधिक गोलकर्ता समेत रहेका रोनाल्डोले १६२ खेलमा ९५औं गोल गरेका छन् । राष्ट्रका लागि गोल गर्नेमा उनी इरानी फरवार्ड अली दाई (१०९) भन्दा मात्रै पछि छ ।

रोनाल्डोको ७०० गोलको आँकडा
स्पोर्टिङ लिस्वन (२००२–२००३) – ३१ खेलमा ५ गोल
म्यानचेस्टर युनाइटेड (२००३–२००९) – २९२ खेलमा ११८ गोल
रियाल म्याड्रिड (२००९–२०१८) – ४३८ खेलमा ४५० गोल
युभेन्टस् (२०१८– हालसम्म) – ५१ खेलमा ३२ गोल
पोर्चुगल २००३–हालसम्म) १६२ खेलमा ९५ गोल

 

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.