5 years ago
October 15, 2019
एजेन्सी – विश्वविजेता फ्रान्स युरोकप छनोटमा घरेलु मैदानमा टर्कीसँग बराबरीमा रोकिएको छ । पेरिसमा आइतबार राति भएको खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएर पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँड्नु परेको हो।
घरेलु टोली फ्रान्सले टर्कीलाई दवावमा राखेपनि टर्कीको बलियो रक्षापङ्ति तोड्न सकेको थिएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
७६औं मिनेटमो ओलिभर जिरुउडको गोलबाट फ्रान्सले खेलमा शुरुवाती अग्रता बनाएको थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गरेका थिए । तर, फ्रान्सको त्यो अग्रता लामो समय टिकेन । ८२औं मिनेटमा कान एहानले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।
बराबरीसँगै फ्रान्स ८ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १९ अंक रहेपनि टकी गोल अन्तरमा शीर्षस्थानमा छ ।
यही समूहको अर्काे खेलमा आइसल्यान्डले एन्डोरालाई २–० ले तथा अल्वानियाले माल्दोभालाई ४–० को भारी अन्तरले पराजित गरेको छ ।
आइसल्यान्ड १५ अंकसहित तेस्रो स्थानमा छ । अल्वानिया १२ अंक जोडेर चौथो स्थानमा छ । एन्डोरा र माल्दोभाको समान ३ अंक छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]