default_image

5 years ago

October 15, 2019

बुल्गेरियाको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

105 views

0 Bookmark

एजेन्सी – रहिम स्ट्रलिङ र रोस बार्कलीको दुई–दुई गोल मद्दतमा इंग्ल्यान्डले युरोकप छनोटमा बुल्गेरियामाथि प्रभावशाली जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली बुल्गेरियामाथि ६–० को प्रभावशाली जित निकालेको हो ।

सोफियामा सोमबार राति भएको खेलमा कप्तान ह्यारी केन र मार्कुस रासफोर्डले गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिदा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो ।

खेलको सातौ मिनेटमा रासफोर्डको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । उनले रोस बार्कलीको पासलाई सदुपयोग गरेका थिए । २०औं मिनेटमा रहिमको पासमा बार्कलीले गोल गर्दै अग्रता दोब्बर पारे ।

३२औं मिनेटमा बार्कलीले ह्यारी केनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रहिम स्ट्रलिङले कप्तान केनको पासमा गोल गर्दा इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

६९औं मिनेटमा रहिमले केनकै पासमा गोल गरेपछि इंग्ल्यान्ड घरेलु टोलीविरुद्ध फराकिलो जिततर्फ अग्रसर बन्यो । ३ गोलका लागि असिस्ट दिएका कप्तान रहिमले ८५औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ६–० को फराकिलो जित दिलाए । घरेलु टोलीले भने कुनैपनि समय इंग्ल्यान्डको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

जितसँगै समूह ‘ए’ मा इंग्ल्यान्ड ६ खेलबाट १५ अंक जोडेर शीर्षीथानमा रहेको छ । पराजित बुल्गेरिया ३ अंकसहित पुछारमा छ ।

यही समूहको अर्काे खेलमा कोसोभोले मोन्टनेग्रोमाथि २–० को जित निकाल्यो । जितसँगै कोसोभो ६ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ । मोन्टेनेग्रो ३ अंकसहित चौथो तथा चेक रिपब्लिक १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.