default_image

5 years ago

October 15, 2019

रोनाल्डोको ७००औं गोलमा पोर्चुगलको हार

109 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा ७००औ गोल पुरा गरेको खेलमा पोर्चुगल पराजित भएको छ ।

युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोलीसँग २–१ ले पराजित भएको हो । किभमा युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे ।

पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह ‘बी’ बाट युरोकपमा छनोट हुन सफल भएको छ । युक्रेनले समूह ‘बी’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक रहेको छ । पोर्चुगललाई छनोट हुन अर्काे खेल नै कुर्नुपर्ने भएको छ ।

खेलको छैर्टा मिनेटमा नै रोमन यारेमचुकले गोल गर्दै घरेलु टोली युक्रेन खेलमा अघि बढेको थियो । उनले क्रिभसभको पासमा गोल गरेका थिए । २७औं मिनेटमा एन्ड्री यामोलेन्कोले भिटाली माइकोलेन्कोको पासमा गोल गरेपछि घरेलु टोली युक्रेन पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

२–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राख्दै एक गोल गर्न सफल भएपनि हार टार्न सकेन । ७२औै मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने संकेत दिएपनि थप गोल निस्कन नसक्दा पोर्चुगल २–१ ले पराजित हुन पुग्यो ।

यो रोनाल्डाको खेल करियरको ७००औं गोल हो । उनले राष्ट्रिय टोलीबाट १६२ खेल खेल्दै ९५औं गोल पुरा गरे । उनले स्पेनिस क्लब रियाल म्याड्रिडबाट सबैभन्दा धेरै गोल गरेका छन् ।

टारस स्टेफानेकोले पेनाल्टी बक्समा विपक्षी खेलाडीमाथि अनावश्यक होल्ड गरेपछि रेफ्रीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड देखाएपछि घरेलु टोली युक्रेन १० खेलाडीमा समटिएको थियो ।

यही समूहको अर्काे खेलमा सर्वियाले लिथुनियालाई २–१ ले पराजित गरेको छ । जितसँगै सर्वियाले ७ खेलबाट १० अंक जोड्दै युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । लिथुनिया १ अंकसहति पुछारमा रहँदा लक्जेमवर्ग ४ अंकसहित चौथो स्थानमा छ ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.