default_image

5 years ago

October 14, 2019

शानदार जित निकाल्दै रुस युरोकपमा छनोट

82 views

0 Bookmark

एजेन्सी – रुस अर्काे वर्ष पोर्चुगलमा अयोजना हुने युरोकपमा छनोट हुने तेस्रो टोली बनेको छ । आइतबार राति भएको खेलमा साइप्रसमाथि ५–० को शानदार जित निकाल्दै रुस युरोकपमा छनोट हुने तेस्रो टोली बनेको हो ।

यसअघि बेल्जियम र इटालीले युरोकपको टिकट पक्का गरेको थियो । समूह ‘आई’को खेलमा रुसले १० खेलाडीमा सिमित साईप्रसमाथि फराकिलो जित निकाल्दा डेनिस चेरेसेभले दुई तथा मागोमेड ओजदोइभ, अर्टिम ज्युभा र एलेकसन्दार गोलोभिनले समान १–१ गोल गरे ।

डेनिस चेरसेभले नवौ मिनेटमा गोल गर्दै रुसलाई सुरुवाती अग्रता दिलाएका थिए । मागोमेड ओजदोइभले २२औं मिनेटमा रुसको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि बढेको रुसले दोस्रो हाफमा थप तीन गोल थप्यो । अर्टिम ज्युभाले ७९औं मिनेटमा रुसका लागि तेस्रो गोल गरे । एलेक्सन्दार गोलोभिनले ८९औं मिनेटमा रुसलाई ४–० ले अघि बढाए । इन्ज्युरी समयमा चेरसेभले ब्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ५–० को फराकिलो जित दिलाए ।

दुई खेल बाँकी रहँदा रुसले समुह आईमा तेस्रो स्थानको साईप्रससँग ११ अंकको अग्रता लियो । रुसले ८ खेलबाट २१ अंक जोड्यो । शीर्ष स्थानको बेल्जियमले २४ अंक बटुल्यो । साईप्रस १० अंक सहित तेस्रो स्थानमा रह्यो ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.