5 years ago
October 14, 2019
एजेन्सी – स्टार ग्यारेथ बेलले गोल गरेपछि वेल्सले विश्वकपको उपविजेता क्रोएसियासँग अंक खोस्न सफल भएको छ । बेलको गोल सहयोगमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेका थिए ।
कार्डिफ सिटी स्टेडियम आइतबार राति भएको खेलको नवौ मिनेटमा निकोला भ्लासिकले ब्रुनो पेटकोभिकको पासमा गोल गर्दै क्रोएसियालाई खेलमा अघि बढाएका थिए ।
पहिलो हाफको अन्तिम समयमा बेलले बराबरी गोल फर्काए । बेलले बेन डेभिसको पासमा बराबरी गोल फर्काए । दोस्रो हाफमा क्रोएसियाले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
बराबरीसँगै क्रोएसिया ७ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । वेल्स ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहँदै छनोट हुने सम्भावना जीवितै राखेको छ ।
यही समूहको अर्काे खेलमा हंगेरीले अजरवैजानलाई १–० ले पराजित गरेको छ । हंगेरी १२ अंक जोडेर दोस्रो स्थानमा छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहँदा अजरवैजान १ अंकसहित पुछारमा छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]