5 years ago
October 14, 2019
एजेन्सी – नेदरल्यान्ड र जर्मनी समुह ‘सी’ बाट युरोकपको लागि छनोट नजिक पुगेको छ । आइतबा राति दुवै टोलीले सफलता हात पारेपछि छनोटनसजक पुगेको हो ।
आइतबार राति नेदरल्यान्डले बेलारुसलाई तथा जर्मनीले इस्टोनियालाई परासजत गरेसँगै अर्काे वर्ष पोर्चुगलमा हुने युरोकपको लागि छनोटनजिक पुगेको हो । समूह चरणमा दुई खेल बाँकी रहँदा नेदरल्यान्ड र जर्मनीको समान ६ खेलबाट समान १५ अंक पुगेको छ । गोल अन्तरमा नेदरल्यान्ड शीर्ष स्थानमा रहँदा जर्मनी दोस्रोमा छ ।
बेलारुसमा भएको खेलमा पाहुना टोलीलाई जिताउन दुवै गोल जर्जिन्हो विज्नल्डमले गरे । घरेलु टोलीका स्टानिस्लाभ ड्रागनले एक गोल फर्काए । खेलको ३२औं मिनेटमा विज्नल्डमले पहिलो गोल गरेका थिए । ४१औं मिनेटमा विज्नल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्डलाई पहिलो हाफमा २–० ले असघ बढाए । ५४औं मिनेटमा स्टानिस्लाभले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नसक्दा नेदरल्यान्ड २–१ ले विजयी रहन सफल भयो ।
यता, खेलको शुरुमै १० खेलाडीमा समेटिएको जर्मनीले इस्टोनियालाई पराजित गर्दै युरोकप छनोटमा दोस्रो स्थानमा उक्लिएको छ ।
तलिन इस्टोनियामा आइतबार रासत भएको खेलमा जर्मनीले घरेलु टोलीलाई ३–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएर युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो ।
जर्मनीको जितमा इकेए गुन्डोगानले दुई तथा टिमो वेर्नरले एक गोल गरे । खेलको १४औं मिनेटमा इम्री क्यान सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएपनि जर्मनीलाई त्यसको प्रभाव परेन । पेनाल्टी बक्सनिर फ्रान्क लिभाकलाई लडाएपछि रेफ्रीले क्यानलाई सोझै रातो कार्ड देखाएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि जर्मनीले दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । ५१औं मिनेटमा गुन्डोगानले गाल गर्दै जर्मनीलाई अघि बढाए । ५७औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीले खेलमा २–० को अग्रता लियो । ७१औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको ३–० को जित सुनिश्चित गरे ।
यो समूहमा नर्दन आयरल्यान्ड १२ अंक जोडेर तेस्रो स्थानमा रहँदा बेलारुस ४ अंकसहित चौथो तथा इस्टोनिया १ अंकसहित पुछारमा छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]