default_image

9 years ago

June 13, 2016

फाल्गुनन्द गोल्डकप २०७२ को हिसाब सार्वजनिक

94 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर

पाँचथरको फिदिममा २०७२ पौष २५ देखि माघ २ सम्म सञ्चालन भएको सातै फाल्गुनन्द गोल्डकपको आय/ ब्याय आयोजक फिदिम स्पोटिङ क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ । फिदिम स्थित होटल आ:जिमामा पत्रकारहरु र स्थानिय राजनितिक दलका प्रतिनिधिहरुका बिच क्लबका कोषाध्यक्ष बिमल श्रेष्ठले सार्वजनिक गरेका हुन ।

falgunanda gold cup

खेल सकिएको चार महिना पछि सार्वजनिक गरिएको प्रतिबेदनमा जम्मा रु.२१,८५,४३३ आम्दानि र जम्मा रु.२०,३०,९२१ खर्च भएको आयोजकले सार्वजनिक गरेकाछन । जसमा रु.१,५४,५२१ खुद नाफा भएको छ । एक हप्ता सम्म सञ्चालन भएको खेलमा टिकट बिक्रि बाट मात्रै रु. ९,२६,६७० आम्दानि भएको छ । यसलाई हेर्दा जिल्लामा फुटबल क्रेज धेरै रहेको अनुमान गर्न सकिन्छ ।

२०७२ पौष २५ देखि माघ २ सम्म सञ्चालन भएको खेलमा आयोजक सहित ८ टिमको सहभागिता रहेको थियो । प्रथम हुने टिमलाई १,११,१११ र द्धितिय हुने टिमलाइ ५५,५५५ रुपौया बितरण गरीएको थियो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.