5 years ago
October 13, 2019
एजेन्सी – पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले आफ्ना सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा रंगशाला नामाकरण गर्ने बताएका छन् ।
स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको एक सिम्वोल रहेको र क्लबको जोसे अलभालाडे स्टेडियम उनकै नाममा नामाकरण गर्ने तयारी भइरहेको बताएका छन् ।
‘हाम्रो क्लबको सान रोनाल्डो अहिले व्यावसायिक फुटबलमा व्यस्त छन् । जुन दिन उनले सबै खाले फुटबलबाट सन्न्यासको घोषणा गर्नेछ । त्यसपछि उनको बाल्यकलको क्लब स्पोर्टिङको मैदानलाई रोनाल्डोको नाममा नामाकरण गर्ने प्रयास गर्नेछौं । रोनाल्डो हाम्रो गर्व हो । हाम्रो मात्र होइन उनी विश्वकै गर्विलो खेलाडी हुन्।’
अध्यक्ष फेडरिकोले टुटो स्पोर्टस् टीभीसँगको अन्तरवार्तामा भने, ‘उनी लिस्वन एकेडेमीको उत्पादन मध्ये सबैभन्दा ठुलो ‘प्रतीक’ हुन्। उनकै सम्मानमा स्टेडियम रोनाल्डोको नाममा नामाकरण गर्ने विचार गरेका हौ । यसो हुन सके नयाँ पुस्ताका लागि पनि खेलमा लाग्न प्रेरित हुनेमा विश्वस्त छौं ।’
अध्यक्ष फेडरिकोले अहिले पनि स्टेडियमको वरिपरि रोनाल्डोको पोस्टरहरु राखिएको बताएका छन् । ‘उनी पोर्चुगलको खेलाडी हुन्। आधुनिक फुटबलको सर्वश्रेष्ठ खेलाडी हुन् । रोनाल्डो क्लब छाडेको १७ वर्ष पुरा भएको छ । रंगशाला रोनाल्डाको नाममा नामाकरण गरिए उनी पक्कै खुशी हुनेछन् ।’
अध्यक्ष फेडरिकोले थपेका छन् । ५० हजार दर्शक क्षमताको हालको जोसे अलभालाडे स्टेडियम क्लबको संस्थापक पहिलो सदस्यको नाममा रहेको छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]