5 years ago
October 16, 2019
एजेन्सी – लामो समय देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) को महत्वपूर्ण खेलाडी रहँदै आएका फरवार्ड इडिन्सन काभानी र थिएगो सिल्भाले सिजनको अन्त्यमा क्लब छाड्न सक्ने सम्भावना रहेको छ ।
सिजनको अन्त्यमा दुवैको क्लबसँगको सम्झौता सकिदैछ । काभानी र सिल्भा टोलीको सिनियर खेलाडीमा पर्दछन् । दुवैलाई अहिले सम्म क्लबले नयाँ सम्झौताको प्रस्ताव राखेको छैन । उरुग्वेका काभानी यो सिजन चोटमुक्त हुन संघर्ष गरिरहेका छन् । उनले यो सिजन सबै खाले प्रतिस्पर्धामा गरि ३ खेल मात्र खेलेका छन् ।
उनको ठाँउ माउरो इकार्डीले लिनेमा पिएसजी आशावादी रहेको छ । इकार्डी अहिले लोनमा इन्टर मिलानमा छन् । यद्दपी काभानी पुन क्लबमै बस्ने विषयलाई पनि नकार्न सकिने अवस्था छैन । उनले क्लबका स्पोर्टिङ डाइरेक्टर र नेतृत्वलाई प्रभावित पारेमा क्लबले नयाँ सम्झौताको प्रस्ताव गर्ने सम्भावना छ ।
क्लबले सिल्भाका बारेमा के सोचेको छ भन्ने अझै प्रष्ट छैन । ३५ वर्षे ब्राजिलियन सन् २०१२ देखि पिएसजीमा छन् । २ सय ९२ खेल खेलिसकेका उनले क्लबका लागि १ सय ९५ गोल गरेका छन् । पिएसजीले पाँच लिग १, ४ फ्रेन्च कप, ५ लिग कप र ४ वटा च्याम्पियन्स लिग उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य रहेका छन् ।
केहि संचारमाध्यमले काभानी डेभिड बेकह्यामको इन्टर मायमी जान सक्ने सम्भावना रहेको पनि उल्लेख गरेका छन् । मायमी २०२० को मेजर सकर लिगमा डेब्यू गर्ने तयारीमा छ । बेकह्यामको क्लबले उनलाई मार्की खेलाडीका रुपमा सम्झौता गर्ने सम्झौता रहेको बताइएको छ ।
काभानी यसअघि म्यानचेस्टर युनाइटेड र चेल्सीले चासो देखाएका थिए । रोमेलु लुकाकुलाई भित्राउनु अघि इन्टर मिलानले पनि काभानीमाथि चासो राखेको थियो ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]