default_image

5 years ago

October 13, 2019

रामोसले रचे स्पेनिस फुटबलमा कीर्तिमान

91 views

0 Bookmark

एजेन्सी – स्पेनका कप्तान सर्जियो रामोस स्पेनको राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् । शनिबार राति युरो कप छनोट अन्तरगत नर्वेसँगको खेलपछि रामोसले स्पेनिस फुटबल इतिहासमा  सर्वाधिक खेल खेल्ने इतिहास रचे ।

रामोसले स्पेनकै पुर्व कप्तान तथा भेट्रान गोलरक्षक इकर कासियासको कीर्तिमानलाई भंग गरेका हुन् । रामोसले स्पेनबाट १  सय ६८ क्याप पुरा गरे । रामोसले यसअघि १ सय ६७ क्याप जित्दै कासियाससँगको कीर्तिमान बराबरी गरेका थिए । यस्तै उनले लात्भियाका पुर्व मिडफिल्डर भिटालजिस एस्ताफजिभ्सलाई समेत पछि पारे । भिटालजिसले (१९९२–२०१०) सम्म लात्भियाबाट १ सय६७ क्याप जितेका थिए ।

स्पेनिस महारथी रियाल म्याड्रिडका समेत कप्तान रहेका ३३ बर्षिया स्टार डिफेन्डर रामोसले २००५ मार्च २६  मा चीनविरुद्ध खेल्दै स्पेनिस राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले स्पेनको स्वर्णिय युगको समय (२००८–२०१२) सम्म एक विश्वकप र दुई युरो कपको उपाधि उचालेका थिए ।

रामोसले अब इजिप्टका मिडफिल्डर अहमेद हसनको १ सय ८४ क्यापलाई पछ्याएका छन् । हसनले (१९९५–२०१२) सम्म खेल्दै यो कीर्तिमान तय गरेका थिए ।

कीर्तिमानी क्याप पुरा गरेपछि रामोसले सबै ब्यक्तिगत कुराहरु दोस्रो प्राथमिकताको बिषय रहेको र यो धेरै बर्ष गर्व गर्ने बिषय बनेर बस्ने बताएका छन् ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.