5 years ago
October 13, 2019
एजेन्सी – युरोकप छनोटमा स्वीट्जरल्यान्डले डेनमार्कसँग १–० को हार बेहोरेको छ । घरेलु टोली डेनमार्कमाथि बल पोजेसनमा पकड जमाएपनि स्वीट्जरल्यान्डले गोल गर्न नसक्दा पराजित हुन पुगेको हो ।
कोपेनहेगनमा शनिबार राति भएको खेलमा डेनमार्कको जितमा युसुफ पौलसेनले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो । युसुफले खेलको ८५औं मिनेटमा क्रिस्टियन इरिक्सनको पासमा गोल गरेका थिए ।
जितसँगै डेनमार्क समूह ‘डी’ मा १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको आयरल्यान्डसाग् अंक बराबरी भएपनि डेनमार्क दोस्रो स्थानमा रहेको छ । पराजित स्वीट्जरल्यान्ड ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा जर्जिया र आयरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे । जर्जिया ५ अंक जोडेर चौथो स्थानमा छ । जिल्ब्राटार अंकविहीन हुदै पुछारमा छ ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]