default_image

5 years ago

October 13, 2019

अन्तिम समयमा स्पेन जितबाट वञ्चित, स्वीडेनको शानदार जित

70 views

0 Bookmark

एजेन्सी – अन्तिम एक मिनेट सम्हालिन नसक्दा स्पेन युरो छनोट २०२० मा नर्वेसँग बराबरीमा रोकिएको छ । स्पेन घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

नर्वे ओस्लोस्थित युलिभाल स्टेडियममा शनिबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेको थिएनन् । तर, दोस्रो हाफको शुरुमै सर्जियो बुस्केटको पासमा साउल निग्वेजको गोलबाट स्पेनले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नर्वेले पेनाल्टीको मौका पायो । स्पेनका गोलरक्षक किपा एरिजाबालगाले ओमार इलावडेलाओइलाई लडाएपछि रेफ्रीले नर्वेलाई पेनाल्टीको मौका दिएको थियो । जसमा जोसुवा किङ चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

छनोटमा स्पेनको यो पहिलो बराबरी हो । बराबरीसागै स्पेनले समूह ‘एफ’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युरोमा छनोट हुन अब स्पेनलाई एक जितको खाचो छ । नर्वेमाथि जित निकाल्न सकेको भए स्पेन युरोकपको लागि छनोट हुने थियो ।

नर्वे १० अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा स्वीडेनले माल्टामाथ ४–० को शानदार जित निकाल्दै युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । स्वीडेन ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

स्वीडेनको प्रभावशाली जितमा सेवास्टियन लार्सनले २ तथा मार्कुस ड्यानिल्सनले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

अर्काे खेलमा रोमानियाले फारोइ आइल्यान्डमाथि ३–० को जित निकालेको छ । जितसँगै रोमानिया १३ अंकसहित तेस्रो स्थानमा छ । माल्टा ३ अंकसहित पाँचौ तथा अंकविहीन आइल्यान्ड अंकविहीन हुदै पुछारमा छ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.