5 years ago
October 16, 2019
एजेन्सी – रियल म्याड्रिड सुपर स्टार करिम बेन्जिमाले अन्तर्राष्ट्रिय विश्राम पछिका कठिन खेलका लागि टोली तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विश्राम पछि रियलले तीन खेलमा मालोर्का, बार्सिलोना र गालातासारेको सामना गर्नेछ ।
रियल जारी ला लिगाको ८ खेल सकिदा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । एल क्लासिकोको नाममा परिचित रियल र बार्सिलोनाको खेल ला लिगाको सबैभन्दा उत्सुकताका साथ प्रतिक्षा गरिने खेल हो ।
ला लिगामा बार्सिलानालाई रियलका लागि सबै भन्दा कठिन प्रतिद्वन्द्वि हो । बेन्जिमाले आउने खेल जित्न कठिन हुने भएपनि सबै चुनौतिको सामना गर्नका लागि टोलीको मनोबल उच्च रहेको बताएका छन् ।
‘हामीलाई थाहा छ । मालोर्कामा जित्न सहज हुन्न । त्यो खेल हाम्रो लागि महत्वपूर्ण छ किनकी त्यसपछि हामीले च्याम्पियन्स लिग खेल्नुपर्नेछ ,’ उनले भने, ‘मलाई लाग्छ आउने तीन खेल हाम्रो लागि कठिन छन् । तर हामी त्यसका लागि तयार छौं ।’
फ्रान्सेली फरवार्ड यो सिजन निकै फर्ममा देखिएका छन् । ला लिगका ७ खेलमा उनले ६ गोल गरिसकेका छन् । अर्को गोलका लागि एसिस्ट गरेका छन् । उनको प्रदर्शनमा पनि निरन्तरता रहँदै आएको छ ।
त्यसैले उनी सेप्टेम्बरका लागि माहाउ प्लेयर अफ दी मन्थ चुनिएका थिए । समर्थकको मतका आधारमा उनले अवार्ड जितेका हुन् । अवार्ड ग्रहण गर्ने क्रममा खुसी व्यक्त गर्दै बेन्जिमाले त्यसको श्रेय टोलीका अन्य सदस्यलाई दिए ।
‘अवार्ड जित्दा खुसी लाग्छ । टोलीका कारण यो सम्भव भएको हो,’ उनले थपे, ‘विस्तारै विस्तारै हामीले माथिल्लो स्तरमा पुग्ने कोशिस गरिरहेका छौं । हामी अब सबै खेल जितने अवस्थामा छौं ।’
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]