9 years ago
June 13, 2016
मासाचुसेट (एजेन्सी) – विवादास्पद निर्णयसँगै ब्राजिल आइतबार कोपा अमेरिका सेन्टेनारियाको समूह चरणबाटै बाहिरिएको छ । आइतबार पेरुसँग १–० ले पराजित भएपछि ब्राजिल अमेरिकामा जारी कोपाको पहिलो चरणबाट बाहिरिएको हो । राउल रुडिजको विवादस्पद गोलका कारण पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह चरणबाटै निराश भएर फर्कन परेको हहो । सन् १९८७ यता ब्राजिल पहिलो पटक समूह चरणबाटै बाहिरिएको छ ।
समूह बीबाट बाट अघि बढ्न ब्राजिललाई बराबरी र पुरुलाई जितको आवश्यकता थियो । तर खेल सकिन १५ मिनेट बाँकी रहँदा रुडिजले गोलको खाता खोलेका थिए । टिभि रिप्लेमा भने उनले हातले गोल गरेको प्रष्ट देखिन्थ्यो । एन्डी पोलको क्रसमा विपक्षी गोलकिपर लडेपछि अघि बढेका रुडिजले हातले गोल गरेका थिए । गोलपछि उनले हात झट्कालेको टिभि रिप्लेमा प्रष्टसँगै देखिन्थ्यो । झन्डै ५ मिनेटको परामर्शपछि उरुग्वेका रेफ्री आन्दे्रस चुनाले रुडिजको गोललाई मान्यता दिएका थिए ।
जितपछि पेरु ७ अंकसहित समूहको विजेताका रुपमा अन्तिम आठमा प्रवेश गरेको छ । समूहको अर्को खेलमा इक्वेडरले हाइटीलाई ४–० ले हराएको छ । इक्वेडर (५) समूहको उपविजेताका रुपमा अन्तिम आठमा पुग्यो । ४ अंक जोडेको ब्राजिल पेरुसँगको हारपछि घर फर्केने छ । हाइटी (०) यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । ११ औं मिनेटमा इनेर भ्यालेन्सियाको गोलबाट अग्रता लिएको इक्वडेरका लागि जाइमी ओएभीले २० औं मिनेटमा गोल गरे । क्रिस्टियान नोबाले ५७ औं र एन्टोनियो भ्यालेन्सियाले ७८ औं मिनेटमा चौथो गोल गरे । क्वार्टरफाइनलमा इक्वेडरले जुन १६ मा आयोजक अमेरिका र पेरुले जुन १७ मा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]