default_image

5 years ago

October 12, 2019

आइसल्यान्डमाथि फ्रान्सको कठिन जित

81 views

0 Bookmark

एजेन्सी – युरो छनोटमा विश्वविजेता फ्रान्सले कठिन जित निकालेको छ । विश्वविजेता फ्रान्सले आइसल्यान्डमाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो ।

फ्रान्सको कठिन जितमा ओलिभर जिरुउडले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फ्रान्सले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

आइसल्यान्ड अक्टोवर २०१८ मा स्वीट्जरल्यान्डसँग पराजित भएयता पछिल्ला ३ खेलमा घरेलु मैदानमा पराजित भएको थिएन । यसक्रममा आइसल्यान्डले अल्वानिया, टर्की र माल्दोभालाई पराजित गरेको थियो । तर, यसपटक त्यस्तो हुन सकेन ।

फ्रान्सले पहिलो आक्रमण ४१औं मिनेटमा बुनेको थियो । बेन्जामिन पाभार्डको प्रहार आइसल्यान्डका गोलरक्षक हानिस थोर हल्डरसनले बचाएका थिए । लगत्तै एन्टोइन ग्रिजमनले सुन्दर मौका खेर फाल्दा फ्रान्स अग्रता लिनबाट चुकेको थियो ।

५४औं मिनेटमा ओलिभर जिरुउडले मौका खेर फाले । ६४औं मिनेटमा ग्रिजमनलाई स्कुलासनले पेनाल्टी बक्सिमा फल गरेपछि फ्रान्सले पेनाल्टीको मौका पायो । जसलाई जिरुउडले सदुपयोग गरे ।

७८औं मिनेटमा ब्लेइस म्याथुइडीको प्रहार पोस्टमा लागेर फर्कदा फ्रान्सले अग्रता दोब्बर बनाउनबाट चुक्यो । ८१औं मिनेटमा गोलरक्षक हानिस थोर हल्डरसनले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा जिरुउडको गोल नै निर्णायक बन्यो ।

जितसँगै फ्रान्सले समूह ‘एच’ मा ७ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । टर्कीसँग समान १८ अंक रहेपनि फ्रान्स गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित आइसल्यान्ड १२ अंक जोडेर तेस्रो स्थानमा छ । अल्वानियाको ९, एन्डोराको ३ र माल्दोभाको पनि ३ अंक रहेको छ ।

यही समूहको खेलमा टर्कीले अल्वानियालाई तथा एन्डोराले माल्दोभालाई समान १–० ले पराजित गरेको छ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.