default_image

5 years ago

October 12, 2019

रोनाल्डोको गोलमा पोर्चुगलको प्रभावशाली जित

94 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युरो छनोटमा पोर्चुगलले प्रभावशाली जित निकालेको छ । घरेलु टोली पोर्चुगलले लक्जेमवर्गमाथि ३–० को प्रभावशाली जित निकालेको हो ।

शुक्रबार राति भएको खेलमा घरेलु टोलीका लागि रोनाल्डोसँगै बर्नाडो सिल्भा र गोन्काले गुइडेजले पनि गोल थपे । खेलको १६औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगल पहिलो हाफमा १–० ले अघि बढेको थियो ।

त्यसअघि खेलको शुरुवातदेखि पोर्चुगलले लक्जेमवर्गमाथि लगातार पोस्ट आक्रमण बुनेको थियो । तेस्रो मिनेटमा रोनाल्डो, १३औं मिनेटमा जाओ फेलिक्स र १५औं मिनेटमा फेलिक्स नै गोलबाट चुकेको थियो । २४औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार गोलरक्षक एन्थोनी मोरिसले बचाए । ३६औं मिनेटमा पोर्चुगलका गोलरक्षक रुइ प्याट्रिसियोलेले सम्भावित बराबरी टारे ।

लगातार लक्जेमवर्गलाई दवावमा राखेको पोर्चुगलका लागि ६५औं मिनेटमा कप्तान रोनाल्डोले चिप गोल गर्दै अग्रता दोब्बर पारे । रोनाल्डोको यो ९४औं अन्तर्राष्ट्रिय गोल हो । समग्रमा ६९९औं गोल हो । खेल सकिन १ मिनेट बाँकी रहँदा गोन्काले गुइडेजले गोल गर्दै पोर्चुगलको ३–० को जित सुनिश्चित गरे ।

जितसँगै पोर्चुगलले समूह ‘बी’ बाट युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । पोर्चुगल ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको युक्रेन ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सर्विया ७ अंक जोडेर तेस्रो, लक्जेमवर्ग ४ अंकसहित चौथो तथा लिथुनिया १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा युक्रेनले लिथुनियालाई २–० ले पराजित गरेको छ । युक्रेनको जितमा रुस्लान मालिनोभस्काईले दुवै गोल गरे ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.