5 years ago
October 12, 2019
एजेन्सी – युरो छनोट २०२० को छनोटमा इंग्ल्यान्डले पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले स्तब्ध हुदै युरो छनोटमा १० वर्षपछि पहिलो हार भोगेको हो ।
इंग्ल्यान्ड १० वर्षपछि युरो छनोटमा पराजित हुन पुगेको हो । यससँगै इंग्ल्यान्डको छनोटमा ४३ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।
इडेन एरिना प्राहामा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले सुरुवाती अग्रता लिएर पनि स्तब्ध बन्न पुगेको हो । खेलको पाँचौ मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टीबाट पाहुना टोली इंग्ल्यान्ड खेलमा अघि बढेको थियो । रहिम स्ट्रलिङलाई एलेक्स केरललाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गरेका थिए । तर, इंग्ल्यान्डको त्यो अग्रता लामो समय टिकेन । नवौं मिनेटमा ज्याकुव ब्रावेकले बराबरी गोल फर्काए । उनले अन्डरेज सेलस्टकाको कर्नरमा प्राप्त बललाई गोलमा परिणत गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका केही मौकाहरु खेर फालेको थियो । ८५औं मिनेटमा वैकल्पिक खेलाडी जेडेनेक ओन्ड्रासेकले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए । उनले लुकास मासोपस्टको पासमा गोल गरेका थिए ।
६५औं मिनेटमा प्याट्रिकको स्थानमा मैदान छिरेका चेकका लागि उनको यो डेब्यु गोल रहेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड २–१ ले स्तब्ध बन्न पुग्यो । यही समूहको अर्काे खेलमाा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
हारपछि पनि इंग्ल्यान्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोसोभो ८ अंकसहित तेस्रो, ३ अंक जोडेको मोन्टेनेग्रो चौथो तथा बुल्गेरिया ३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]