default_image

5 years ago

October 11, 2019

नेयमारको सयौं खेलमा ब्राजिलको बराबरी

91 views

0 Bookmark

एजेन्सी – ब्राजिलका लागि एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने नेयमार सातौं खेलाडी बनेका छन् । सिंगापुरमा बिहीबार भएको सेनेगलविरुद्धको खेलमा नेयमारले आफ्नो सयौं खेल पुरा गरे । तर, उनको टोली विजयी हुन सकेन । ब्राजिल र सेनेगलले १–१ को बराबरी खेले ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयरमाले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६१ लाई सो खेलमा थप्न सकेनन् । जबकी उनको प्रदर्शनले समर्थकलाई निराश बनायो । लिभरपुलका रोर्बेटो फर्मिनोले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

ग्राबियल जिससको चलाखीपूर्ण पासमा फेर्मिनोले चिपमा गोल गरेका थिए । साडियो मानेलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा फामारा डेडियुले बराबरी गोल गरेका थिए । नेयमार दुई पटक गोलको नजिक पुगेका थिए ।

नेयमारको पहिलो फ्रिकिक पोष्टमाथिको जालीमा खस्यो भने अर्को फ्रिकिकलाई अल्फ्रेड गोमिसले राके । सेनेगल जितको नजिक पुगेर पनि असपल भयो । लिभरपुलका मानेको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

अन्य मैत्रीपूर्ण खेल
कोसोभो १-० गिब्राल्टार
सर्बिया १-० पाराग्वे
भेनेज्युयला ४-१ बोलिभिया

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

Success

Thank you for your time.