5 years ago
October 11, 2019
एजेन्सी – बेल्जियम युरो कप २०२० को लागि छनोट हुने पहिलो टोली बनेको छ । गए राति भएको खेलमा बेल्जियमले सानमारिनोलाई ९–० ले हराउँदै समूह आई मा लगातार सातौं जित निकालेको हो ।
२१ अंक सहित बेल्जियम समूह शीर्ष स्थानमा छ । समूहको दोस्रो स्थानमा रहेको रुसको १८ अंक र तेस्रो स्थानको साइप्रस को १० अंक छ ।बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे । लुकाकुले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए ।
३१औं मिनेटमा नसार चाड्लीले गोल गर्दै अग्रता दोब्बर पारे । ३५औं मिनेटमा सानमारिनोका क्रिष्टियन ब्रोलीले आत्मघाती गोल गरे । लुकाकुले ४१ औं मिनेटमा अर्को गोल थपे ।
इन्जुरी समयमा युरी टाइलमेनले गोल गरेपछि पहिलो हाफमा बेल्जियम ६-० ले अगाडि रह्यो ।टोलीले दोस्रो हाफमा ३ गोल थप्यो । ७९ औं मिनेटमा क्रिष्टिन बेनटेकले गोल गरे । ८४ औं मिनेटमा यारी भर्सेकेनले पेनाल्टीमा गोल गरे । अन्तिम मिनेटमा टिमोटीले टोलीका नवौं गोल गरे ।
युरो छनोटमा बिहीबारका नतिजा
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]