default_image

5 years ago

October 9, 2019

‘अष्ट्रेलियाविरुद्ध अप्रत्याशित नतिजा नकार्न सकिन्न’ – प्रशिक्षक कालिन

113 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा

नेपालले विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत तेस्रो खेलमा बिहिबार अष्ट्रेलियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपालका प्रशिक्षक योहान कालिनले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घरेलु टोलीविरुद्ध अप्रत्याशित नतिजा अहिले नै नकार्न नमिल्ने बताएका छन् । ‘ हो, अष्ट्रेलिया निकै बलियो टोली हो । सबै खेलाडी युरोपमा खेल्दै आएका छन् । हामीले पनि आफ्नो किसिमको तयारी गरेका छौं । योजना अनुसार खेल्दै राम्रो नतिजा हासिल गर्ने प्रयास गर्नेछौं,’ उनले भने ।

नेपालले विश्वकप छनोटको यसअघिका दुई खेलमा १ जित र १ हार हासिल गरेको छ । कुवेतविरुद्ध ७-० को हार बेहोरेको नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो । अन्जन विष्टको दुई गोलमा नेपालले विश्वकप छनोटमा ऐतिहासिक नतिजा हासिल गरेको थियो । अष्ट्रेलियाविरुद्ध पनि नेपाली टोली त्यसै लक्ष्यसाथ उत्रनेछ । तर घरेलु मैदानको समर्थकसँगै टोलीको स्तर भने निकै फराकिलो रहेको छ ।

यसअघि अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले भने नेपालविरुद्ध आक्रामक फुटबल खेल्दै सक्दो धेरै गोल गर्ने बताएका थिए ।

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

Success

Thank you for your time.