5 years ago
October 9, 2019
एजेन्सी – युभेन्ट्सका स्टार पाउलो डिबेलालेले क्लब छाड्न नचाहेको प्रष्ट पारेका छन् । म्यानचेस्टर युनाइटेड र टोटेनह्यम जाने चर्चाका बीच अर्जेन्टिनी फरवार्डको सम्झौता अन्तिम समयमा हुन नसकेको बताइएको थियो । तर, त्यसता डिबेलाले आफुले कहिले पनि क्लब छाड्न नचाहको बताएका छन् ।
‘यो पहिलो पटक भएको हैन । तपाईको नाम जता पनि आउँदा खुसी लाग्छ । तर यो फुटबल हो ,’ उनले भने ,’ मैले भन्दै आएको छु । म यहि बस्न चाहन्छु । जति बेला सम्म यहाँ रहन्छु आफुलाई मैदानमा प्रमाणित गर्न चाहन्छु । ‘ उनले युभेन्ट्समा खेल जीवनलाई निरन्तरता दिन चाहेको पनि बताएका छन् ।’
‘म यहि खेल्न चाहन्छु । मलाई लाग्छ इन्टर मिलानविरुद्ध जस्तो प्रदर्शन म दिन सक्छु । म मानसिक र शारीरिक दुवै हिसाबले चुस्त छु,’ उनले थपे, ‘म प्रशिक्षक माउरिजियो सारीसँग प्रभावित छु । उनसँगको सहकार्यमा मलाई खुसी लाग्छ । सारी र पूर्व प्रशिक्षक एलिग्रीको खेलाउने आ आफ्नै तरिका छ ।’ सारीलाई पनि डिबेलालाई पनि नियमित पहिलो रोजाईमा कसरी राख्ने भन्ने चिन्ता छ । उनले यो सिजनले ७ खेल खेल्दै १ गोल गरेका छन् ।
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]