default_image

5 years ago

October 9, 2019

‘नेपालविरुद्ध सकेसम्म धेरै गोल गर्छौं’ – अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्ड

125 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा

नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा बोल्दै अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध आक्रामक रणनीतिमा धेरै गोल गर्न खेल्ने बताएका छन् ।

नेपाल र अष्ट्रेलिया दुवैले छनोटअन्तर्गत १-१ खेल जितेका छन् । नेपाल पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित भएपनि दोस्रो खेलमा चाइनिज ताइपेइसँग २-० को जित दर्ता गर्न सफल रहेको थियो । अष्ट्रेलियाले खेलेको एकमात्र खेलमा कुवेतलाई ३-० ले पराजित गरेको छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रंगशालामा हुने खेल बिहिबार नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपालको स्थितिबारे बोल्दै अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्डले नेपालबारे जानकार रहेको अभिव्यक्ति दिए । ‘ अहिलेको आधुनिक फुटबलमा हामीले पुराना खेलहरु हेर्दै नेपालको बारेमा जानकारी प्राप्त गरेका छौं । नेपालले खेलेका दुवै खेल हामीले नजिकबाट नियालेका छौं । हामीले नेपालको पक्ष भन्दापनि आफ्नो पक्षलाई ध्यान दिइरहेका छौं । ८० प्रतिशत आफ्नो बारे र २० प्रतिशत विपक्षी टोलीबारे सोचेर आफ्नो योजना बुन्ने हो । हामीले उनीहरुको बलियो पक्षलाई निस्तेज पार्ने र कमजोर पक्षको फाइदा उठाउन सक्दो प्रयास गर्नेछौं,’ उनले भने ।

नेपाल र अष्ट्रेलियाले कुवेतविरुद्धको हासिल गरेको नतिजा हेर्दा कागजमा अष्ट्रेलिया निकै बलियो देखिन्छ । दुवै टोलीको स्तर हेर्दा नेपालले फराकिलो अन्तरको हार बेहोर्ने सम्भावना पनि छ । प्रशिक्षक आर्नोल्डले नेपालविरुद्ध सक्दो धेरै गोल गर्न तयार रहेको बताए । ‘ मलाई विपक्षी टोलीभन्दा आफ्नो टोलीसँग मतलब छ । हामीले सकेसम्म राम्रो प्रदर्शन गर्दै धेरै भन्दा धेरै गोल गर्नेछौं । हामी प्राविधिक, रणनीतिक र शारीरिक रुपमा नै विपक्षी भन्दा बलियो छौं । मानसिक रुपमा हामीले खेल कसरि लिन्छौं भन्ने हो र त्यसमा हामी कुनै कसर छाड्नेछैनौं,’ उनले थपे ।

अष्ट्रेलियाको टोलीमा प्रिमियर लिग, बुन्डेसलिगा लगायत युरोपेली लिगका शीर्ष लिगमा खेल्ने खेलाडीहरु रहेका छन् । नेपालमा भने विदेशी लिग खेल्ने तीन खेलाडी छन् । स्तर, पुराना नतिजा र इतिहासको हिसाबमा पनि अष्ट्रेलिया नेपालभन्दा निकै बलियो टोली हो ।

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

Success

Thank you for your time.