default_image

5 years ago

October 7, 2019

म्यानचेस्टर युनाइटेड फेरि पराजित

97 views

0 Bookmark

एजेन्सी – म्याथ्यु लङस्टाफले प्रिमियर लिगमा डेब्यु गोल गरेको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेड १–० ले हराएको छ । १९ वर्षे लङस्टाफले ७२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । जारी लिगका ८ खेलमा युनाइटेडको यो तेस्रो हार हो ।

दुवै टोलीले गोलको मौका पाए पनि सफल भएनन् । पहिलो हाफको अन्त्यतिर युनाइटेडका हेरी मागुइरीको हेड गरेको बल पोष्ट नजिकबा बाहिरियो । त्यस्तौ न्युक्यासलका लङस्टाफको अर्को प्रहार पोष्टमा ठोक्कियो ।

प्रशिक्षकका रुपमा प्रिमियर लिगमा ४ सय खेल पुरा गरेका स्टिभ ब्रुसेले पुर्व क्लबविरुद्ध पहिलो जित हासिल गरेका छन् । जितपछि न्युक्यासल ८ अंकसहित १६ औं स्थानमा उक्लेको छ । ९ अंक जोडेको युनाइटेड १२ औं स्थानमा झरेको छ ।

आइतबार म्यानचेस्टर सिटी पनि स्तब्ध भएको थियो । अन्य खेलमा आर्सनल र चेल्सी भने विजयी भएका छन् । सिटी वोल्भरह्याम्टन वान्डर्सससँग २–० ले पराजित भएको थियो । आर्सनलले एएफसी बोर्नमाउथलाई १–० ले हरायो ।

अर्को खेलमा चेल्सीले साउथह्याम्टनमाथि ४–१ को जित हासिल गरेको थियो । लिभरपुल २४ अंकसहित शीर्षस्थामा छ भने दोस्रो सिटीको १६ अंक, तेस्रो आर्सनलको १५, चौथो लेस्टर र पाँचौं चेल्सीको समान १४ अंक छ ।

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

Success

Thank you for your time.