default_image

5 years ago

October 6, 2019

आर्सनलको जितमा लुइज नायक

92 views

0 Bookmark

एजेन्सी – डेभिज लुइजले पहिलो हाफमा गरेको गोलले आर्सनलले आइतबार प्रिमियर लिगमा एएफसी बोर्नमाउथलाई १–० ले हराएको छ । लिगमा ५ खेलमा अपराजित रहेको आर्सनल १५ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ ।

नवौं मिनेटमा निकोलस पेपेको कर्नरमा लुइजले हेडमार्फत गोल गरेका थिए । आर्सनलले अग्रतालाई दोब्बर पार्ने अवसर पाएको थियो । तर सफल भएन । बुकायो साकाको प्रहार रोकेका थिए भने पेरि इम्रिक अमामेयाङको प्रहार पोष्टमा लागेको थियो । लिगमा आइतबार चेल्सीले साउथह्याम्टनलाई ४–१ ले हराएको छ ।

अर्को खेलमा भने साविक विजेता म्यानचेस्टर सिटी स्तब्ध भएको छ । घरेलु मैदानमा सिटी वोल्भरह्याम्टन वान्डसर्ससँग २–० पराजित भएको थियो । शीर्षस्थानको लिभरपुलको २४, दोस्रो स्थानको सिटीको १६, आर्सनलको १५, चौथो लेस्टर र पाँचौं चेल्सीको समान १४ अंक छ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.