5 years ago
October 6, 2019
एजेन्सी – प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी आइतबार स्तब्ध भएको छ । घरेलु मैदानमा सिटी वोल्भरह्याम्टन वान्डसर्ससँग २ –० ले पराजित भएको थियो । शीर्षस्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने मौका लागि सिटीले गुमाएको छ ।
अघिल्लो दिन लिभरपुलले लेस्टरलाई २ –१ ले हराएको थियो । खेल सकिन १० मिनेट अघि अडामा टाउरेले गरेको गोल खेलको निर्णायक बन्यो । राउल जिमिनेजको पासमा उनले गोल गरेका हुन् ।
इन्जुरी समयको चौथो मिनेटमा टाउरेले अर्को गोल थप्दै सिटीविरुद्ध सनसनीपुर्ण जित निकालेका थिए । दोस्रो गोलमा पनि जिमिनेजकै सहयोग थियो । हारपछि पनि सिटी दोस्रो स्थानमा यथावत छ । टोलीको १६ अंक छ । सिटीको भन्दा लिभरपुलको ८ अंक बढी २४ अंक छ ।
प्रिमियर लिगमा आइतबार अन्य खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् । चेल्सीले साउथह्याम्टनलाई ४–१ ले हराएको छ । अर्को खेलमा आर्सनल एएफसी बोर्नमाउथलाई १–० ले पराजित हरायो ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]