default_image

5 years ago

October 6, 2019

युरोपेली अनुभवविरुद्ध नेपाली जोश

99 views

0 Bookmark

सुबास हुमागाईं, सिड्नी

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको ब्राइटन एन्ड होभ आल्बियन र टोटेनहम हट्सपरबीचको खेल प्रशिक्षक नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनका लागि फरक महत्त्व बोकेको थियो । कारण नेपालको विश्वकप छनोटको प्रतिद्वन्द्वी अष्ट्रेलियाका दुई मुख्य खेलाडी म्याट रायन र आरोन मोय यस खेलमा ब्राइटनका लागि खेल्दै थिए ।

गोलरक्षक रायन र मिडफिल्डर मोय दुवैले खेलमा उत्कृष्ट प्रदर्शन गरे र ब्राइटनलाई अप्रत्याशित ३-० को अन्तरको जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । बक्स टु बक्स मिडफिल्डरको भूमिकामा रहेका मोय अष्ट्रेलियाको राष्ट्रिय टोलीमा भने केहि आक्रामक भूमिकामा देखिने अपेक्षा गरिएको छ । यता गोलरक्षक म्याट रायनले गत सिजनको युरोपेली च्याम्पियन्स लिग उपविजेता स्पर्सविरुद्ध केहि राम्रो बचाउ गर्दै आफ्नो स्तर सिद्ध पारे ।

प्रशिक्षक कालिनले मोय र रायनको प्रशंसा गर्दै उच्च स्तरको खेलाडीको सामना गर्न तयार रहेको बताए । ‘ हामीले अहिलेसम्म प्रिमियर लिग, बुन्डेसलिगा, लगायत युरोपेली लिग खेल्ने खेलाडीको सामना गरेका छैनौं । हाम्रा खेलाडीको लागि यो नयाँ चुनौती र अनुभव हुनेछ,’ उनले थपे, ‘ मोयजस्ता खेलाडीले लगातार लिभरपुल, म्यानचेस्टर सिटी जस्ता टोलीको सामना गरेका हुन्छन् । अब हामीले उनीहरुको सामना गर्दैछौं । उनीहरु पनि खेलाडी हुन् र स्तरको सम्मान गर्नेछौं, तर त्यति सम्मान होइन कि हामीले भिड्नेछैनौं । प्रिमियर लिग खेलाडीलाई ट्याकल गर्न पाउने अवसर पनि हो ।’

प्रशिक्षक कालिनले नेपाली फुटबलको सर्वाधिक ठुलो खेलका लागि नेपाली टोली पूर्ण तयार रहेको बताए । ‘हामीले निकै राम्रो तयारी गरेका छौं । अष्ट्रेलिया आएर यस वातावरणमा प्रशिक्षण गर्ने अवसर जुटेको छ । सुरुवाती केहि दिन यहाँ रहेका समर्थकलाई रोक्न नै कठिन भएपनि व्यावास्थापनले पछिल्लो दुई दिन सहज बनाएको छ । अब क्यानबेराको खेलका लागि अझै केहि महत्त्वपूर्ण समय बाँकी नै छ,’ उनले थपे ।

नेपालका लागि ३ खेलाडी मात्र विदेशी लिगमा होमिएको अवस्थामा अष्ट्रेलियाको नेपालविरुद्ध घोषित २३ सदस्यीय टोलीमा भने मात्र ४ खेलाडी अष्ट्रेलियाको लिग खेल्छन् । अधिकांश खेलाडी युरोपेली लिगमा नै आबद्ध छन् । त्यसमध्य अधिकांश खेलाडी आ-आफ्नो टोलीको पहिलो रोजाईमा खेल्दै आएका छन् । प्रिमियर लिगमा मोय र रायनसँगै जर्मनीको हर्था बर्लिनमा म्याथ्यु लेकि प्रभावशाली खेलाडीमा गनिन्छन् ।

अष्ट्रेलियाली टोलीमा नेपालविरुद्ध खेलका लागि अनुभवी डिफेन्डर ट्रेन्ट सेन्सबरी भने समेटिएका छैनन् । उनलाई प्रशिक्षक ग्राहम आर्नल्डले चोटका कारण अर्को खेलसम्मका लागि विश्राम दिएका छन् । यद्यपि टोलीमा कप्तान मार्क मिलिगनको पुनरागमनले टोलीलाई केहि सहज हुनेछ । कुवेतविरुद्ध खेल गुमाएका मिलिगन इंग्ल्याण्डको तेस्रो श्रेणीको साउथएन्ड युनाइटेडबाट खेल्दै आएका छन् ।

नेपालका लागि इन्डोनेसिया लिग खेल्दै गरेका रोहित चन्द र माल्दिभ्सको शीर्ष डिभिजन खेलेका विमल घर्तिमगरसँगै किरण चेम्जोङ भारतको आई लिग टोलीमा अनुबन्धित छन् । अन्य खेलाडी भने नेपालको घरेलु फुटबल पुन: शान्त रहँदा राष्ट्रिय टोलीको प्रशिक्षणकै भरमा छन् । प्रशिक्षणकै भरमा कुनै खेल नखेली टोली विश्वकपको नियमित सहभागी टोली अष्ट्रेलियासँग सामना गर्दैछ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.