default_image

5 years ago

October 6, 2019

रियलको जितमा हाजार्डको गोल

112 views

0 Bookmark

एजेन्सी – इडन हाजार्डले ला लिगामा पहिलो गोल गरेको खेलमा जिनेदिन जिदानको रियल म्याड्रि«ड विजयी हुँदै शीर्षस्थानमा रहन सफल भएको छ । करिम बेन्जिमा, हाजार्ड, लुका मोड्रिच र हामेस रोड्रिग्वेजले गोल गरेको खेलमा शनिबार रियलले ग्रानडालाई ४-२ ले हराएको थियो ।

यो जितसँगै शीर्षस्थानमा रहेको रियलले स्पष्ट ४ अंकको अग्रता लिएको छ । बेन्जिमाले दोस्रो मिनेटमै गोल गरेर रियललाई अघि बढाएका थिए । चेल्सीबाट यसै सिजन रियल पुगेका हाजार्डले पहिलो हाफको अन्त्यमा गोल गरेपछि टोली २-० ले अगाडि बढ्यो ।

मोड्रिचले ६१ औं मिनेटमा गोल गरे । तर, ६९ औं मिनेटमा डार्विन माचिसले पेनाल्टीमा गोल फर्काए । ग्रानाडाका लागि ७७ औं मिनेटमा डोमिन्गोस डाउर्टेले गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । इन्जुरी समयमा रोड्रिग्वेजले गोल गरेपछि रियलको जित निश्चत बनेको थियो ।

ला लिगामा शनिबार

-रियल बेटिस १–१ इबार

-लेगानेस १– लेभान्टे

-रियल म्याड्रिड ४–२ ग्रानाडा

-भ्यालेन्सिया २–१ डिर्पोटिभो अल्भेस

ला लिगामा आइतबार

ओसासुना २–१ भिल्लारियल

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.