default_image

5 years ago

October 5, 2019

शीर्ष टोली लिभरपुलको जित

95 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । पूर्व विजेता लेस्टर सिटीलाई लिभरपुलले शनिबार २–१ ले हराएको छ । इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए । जितपछि लिभरपुल शीर्षस्थान थप मजबुद भएको छ । लेस्टर पनि तेस्रो स्थानमा यथावत छ ।


साडियो मानेले ४० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मानेका लागि पनि त्यो गोल कोसेढुंगा रह्यो । प्रिमियर लिगमा त्यो उनको ५० औं गोल हो । जेम्स मिल्नको पासमा उनले गोल गरेका थिए ।

जेम्स माडिसनले खेल सकिन १० मिनेट अघि बराबरी गोल फर्काएका थिए । तर, इन्जुरी समयको ५ मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुलाई जित दिलाए । लेस्टरका मार्क अल्ब्रिग्टनलेले मानेलाई पेनाल्टी बक्समा फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

लिभरपुल प्रिमियर लिगमा ४४ खेलदेखि अपराजित छ । युरोपका शीर्ष ५ लिगमा यो सबै भन्दा लामो अपराजित यात्रा हो । लिभरपुलको २४ अंक पुगेको छ । दोस्रो स्थानको म्यानचेस्रट सिटीको १६ अंक छ भने लेस्टरको १४ अंक पुगेको छ ।

प्रिमियर लिगमा शनिबार

ब्राइटन एन्ड होभ अल्भियन ३ – ० टोटेनह्याम

बनर्ली १ –० एभर्टन

लिभरपुल २ –१ लेस्टर सिटी

नर्विच  १ –० एस्टन भिल्ला

वार्टफोर्ड ० – ० सेफिल्ड युनाइटेड

वेस्ट ह्याम युनाइटेडविरुद्ध क्रिस्टल प्यालेस १०ः१५ बजे

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.