5 years ago
October 5, 2019
एजेन्सी –टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा शनिबार लज्जासपद हार बेहोरेको छ । ब्राइटन एन्ड होभ अल्भियनको मैदानमा स्पर्स ३-० ले पराजित भएको हो । तेस्रो मिनेटमै खेलमा पछि परेको टोटेनह्याम खेलमा फर्कन सकेन ।
निल माउपेको गोलमा आल्बियनले अग्रता लिएको थियो । त्यसपछि टोटेनहमका कप्तान तथा मुख्य गोलरक्षक ह्युगो लोरिसले चोट बोकेपछि । टोली थप समस्यामा परेको थियो । बल रोक्ने क्रममा ल्यान्डिङ नमिल्दा उनको हात भांचिएको थियो । निकै गम्भीर चोट बोकेका उनले लामो समय मैदानबाहिर रहने देखिएको छ ।
त्यसपछि ३२ औं मिनटमा आरोन कोनोलेले गोल गरेपछि अल्भियनले अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा घरेलु टोलीका लागि कोनोलीले ६५ औं मिनेटमा अर्को गोल गरेपछि टोटेनह्याम खेलमा फर्कने सम्भावना कमजोर भएको थियो । टोटेनह्याम ११ अंकका साथ छैटौं स्थानमा छ । अल्भियन ९ अंक जोड्दै १२ औं स्थानमा छ ।
अघिल्लो खेलमा बायर्नसँग च्याम्पियन्स लिगमा ७-२ ले पराजित भएको स्पर्स यस हारले निकै दबाबमा परेको छ । यस हारसंगै प्रशिक्षक माउरिसियो पोचेटिनोमाथि पनि समर्थकहरु झनै रुष्ट भएका छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]