5 years ago
October 5, 2019
एजेन्सी – प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुलको भन्दा तेस्रो स्थानको लेस्टरबीच ७ अंकको अन्तर छ । आज एनफिल्डमा हुने खेलमा लेस्टर विजयी भएमा केहि समयका लागि भएपनि लेस्टर दोस्रो स्थानमा रहनेछ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले आइतबार मात्र खेल्नेछ । लिभरपुलको २१, सिटीको १६ र लेस्टरको १४ अंक छ ।
ब्रेन्डन रोजर्स सन् २०१५ लिभरपुल छोडेयता पहिलो पटक त्यहाँ जाँदैछन् । योर्गन क्लोपको टोलीले भने प्रिमियर लिगको शीर्षस्थानलाई थप मजबुद बनाउन लेस्टरलाई हराउन प्रयास गर्नेछ । लिभरपुल प्रिमियर लिगमा ४३ खेलदेखि अपराजित छ । युरोपका शीर्ष ५ लिगमा यो सबै भन्दा लामो अपराजित यात्रा हो । अर्को तिर लेस्टरका फरवार्ड जेमी भार्डी लयमा छन् । उनले यो सिजन ५ गोल गरिसकेका छन् ।
च्याम्पियन्स लिगको पछिल्ला खेलमा लिभरपुलका लागि मोहम्मद सलाहले २ गोल गरेका थिए, रोर्बेटो फर्मिनोले २ गोलमा एसिस्ट गरेका थिए भने साडियो मानेले १ गोल गरेका थिए । यी नै तीन खेलाडीले लेस्टरविरुद्धको मोर्चा सम्हाल्नेछन् । मानेले यो सिजन ४ गोल गरिसकेका छन् । सहालले पनि घरेलु मैदानमै ४ गोल गरिसकेका छन् । यस्तो बलियो लिभरपुललाई रोक्न लेस्टरले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
प्रिमियर लिगका खेल
-बनर्लीविरुद्ध एभर्टन ७ः४५ बजे
-लिभरपुलविरुद्ध लेस्टर सिटी ७ः४५ बजे
-नर्विचविरुद्ध एस्टन भिल्ला ७ः४५ बजे
-वार्टफोर्डविरुद्ध सेफिल्ड युनाइटेड ७ः४५ बजे
-वेस्ट ह्याम युनाइटेडविरुद्ध क्रिस्टल प्यालेस १०ः१५ बजे
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]