default_image

5 years ago

October 5, 2019

‘बुन्डेलिगा र प्रिमियर लिगमा समानता छ’- काउटिन्हो

104 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखका फिलिप्पे काउटिन्होले बुन्डेसलिगा र प्रिमियर लिगमा समानता रहेको बताएका छन् । ब्राजिलियन मिडफिल्डर यहि सिजन बार्सिलोनाबाट लोनमा बायर्न पुगेका छन् । यदि बायर्नले चाहेमा टोलीले अर्को सिजन उनलाई स्थायी रुपमा राख्न सक्नेछ ।

लोनमा गएको छाटो समय भएपनि २७ वर्षे काउटिन्हो पुन प्रिमियर लिग फर्कने सक्ने अनुमान गएिको छ । उनी आर्सनल वा टोटेनह्याम जान सक्ने अनुमान गरिएको छ । तर, काउटिन्होले भने प्रिमियर लिगमा लिभरपुल बाहेक अन्य क्लब जान नसक्ने बताएका थिए । उनले पछिल्लो अन्तर्वार्तामा प्रिमियर लिग र बुन्डेसलिगामा खासै अन्तर नभएको बताएका छन् ।

‘मलाई लाग्छ बुन्डेसलिगा र प्रिमियर लिगका खेलमा धेरै समानता छ । यहाँका खेल निकै प्रतिस्पर्धात्मक हुन्छन्,’ उनले भने, ‘खेलको अन्त्य सम्म पनि हरेक टोलीले लडेको हुन्छ । हरेक बलका लागि प्रयास गरिएको हुन्छ । यहाँ धेरै ठाँउ वा बलका लागि धेरै समय पाइन्न ।’ला लिगामा भने बार्सिलोनाविरुद्ध धेरै टोलीले रक्षात्मक खेल खेल्न गरेको अनुभव सुनाए ।

उनले भने, ‘त्यहाँ खेल्नका लागि धेरै ठाँउ पाइन्छ । तर, त्यो रक्षापक्ति तोड्न सहज भने भने हुँदैन । यहि नै मैले अनुभव गरेकामा अन्तर हो । ‘ काउटिन्होले लिभरपुल प्रशिक्षक योगर्न क्लोपको भने निकै तारिफ गरे । ‘उनका बारेमा भन्ने मसँग शब्द छैन । उनी उत्कृष्ट र असाधारण प्रशिक्षक हुन्,’उनले भने, ‘मैले त्यहाँ निकै महत्वपूर्ण समय बिताए । मैले त्यहाँ रहँदा धेरै सिक्ने अवसर पाए ।’

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.