5 years ago
October 4, 2019
एजेन्सी– भारतीय फुटबलका सफल खेलाडी भाइचुङ भुटियाले इन्डियन सुपर लिग (आइसिएल) राष्ट्रिय फुटबल टोलीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । उनले खेलाडीको मनोबल बढाउन मद्दत गरेको र त्यसले विश्व फुटबलमा भारतको प्रदर्शनमा सुधार भइरहेको उल्लेख गरेका छन् ।
भारतीय फुटबल टोलकिा पूर्व कप्तान भुटिया आफैले भने आइएसएल खेल्न पाएनन् । आइएसएल सुरु हुनुअघि नै उनले खेल जीवनबाट सन्यास लिएका थिए । उनको नजरमा देशको फुटबल विकासमा आइएसएलले मद्दत पुगेको छ । ‘मलाई लाग्छ आइएसएलले खेलाडीको मनोबल बढाएको छ । राम्रा खेलाडीसँग प्रतिस्पर्धा गर्दा त्यसले पक्कै खेलाडीको मनोबल बढाउछ ,’ उनले भने, ‘हाम्रा खेलाडीले विश्व कप छनोटमा ओमान र कतारविरुद्ध गरेको प्रदर्शनले पनि त्यसबाट पनि धेरै थाहा हुन्छ । ‘
उनको नजरमा खेलाडी शारीरिक रुपमा पहिलाको दाजोमा उच्च मनोबलमा रहेको उनको बुझाई छ । त्यसको कारण पनि उनी आइएसएल नै मान्छन् । ‘अहिले हाम्रा खेलाडी स्तरीय खेलाडीसँग अभ्यास गर्छन् र खेल्छन्,’ उनले थपे, ‘त्यसले पक्कै पनि धेरै कुरा सिक्न र अनुभव बटुल्न मद्दत गरेको छ ।’ विश्व कप छनोट अन्तर्गत भारत र बंगलादेशविरुद्ध अक्टोबर १५ मा कोलकातामा प्रतिस्पर्धा हुँदैछ । अहिले टोली त्यहि खेलको तयारीमा छुटेको छ । विदेशी प्रशिक्षकका कारण पनि टोलीमा सकारात्मक प्रभाव परिरहेको उनी मान्छन् ।
‘आइएसएललेका कारण खेलाडीको आत्म विश्वास बढेको छ । टोलीको प्रदर्शनमा सुधारमा हुनमा अन्य कारण पनि छन् । त्यसमध्ये अनुभवी प्रशिक्षक पनि एक हो । जसका कारण टोलीको टेक्निकल पाटोमा निकै सुधार छ,’ भुटियाले थपे, ‘यसअघि स्टेफन कन्स्टाइन्ट र अहिले इगोर स्टिमाको प्रशिक्षण टोली छ । खेलाडीको प्राविधिक पक्ष र खेल्ने तरिकामा पनि परिवर्तन भएको छ । समग्रतामा मैदानमा खेलाडीको प्रदर्शनमा सुधार भएको छ ।’
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]