default_image

9 years ago

June 11, 2016

वेल्स र स्विट्जरल्याण्डको विजयी सुरुवात

102 views

0 Bookmark

बोर्डो – वेल्सले स्लोभाकियालाई २–१ ले पराजित गर्दै समुह ‘बी’को पहिलो खेलमा तिन अंक जोडेको छ ।

1465661900208_lc_galleryImage_Gareth_Bale_of_Wales_scor

१९५८ को विश्वकप पछि कुनै पनि ठूलो प्रतियोगिता खेलिरहेको वेल्सका लागि रियाल मड्रिडका गेराथ बेलले गोल गरेका थिए ।१० औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा बेलले गोल गरेका थिए ।  दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओन्दे्रज डुडाको गोलबाट स्लोभाकिया खेलमा फर्केको थियो । ६१ औं मिनेटमा डुडाले रोर्बेट माकको पासमा गोल गरेका थिए ।

तर खेल सकिन ९ मिनेट बाँकी रहँदा हल रब्सन कानुले आरोन रामसेको पासमा गोल गर्दै वेल्सलाई जित दिलाए । उनी ७२ औं मिनेटमा विलियम्सको ठाँउमा मैदान प्रवेश गरेका थिए ।

यसअघि शनिबारै भएको अर्को खेलमा स्विट्जरल्यान्डले अल्बानियालाई १-०ले पराजित गर्यो। समुह ‘ए’को पहिलो चरणको खेल सकिएसंगै आयोजक फ्रान्स र स्विस टोलीको समान तिन अंक रहेको छ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.