9 years ago
June 11, 2016
काठमाडौं – ललित स्मृति यु १८ को पहिलो खेलमा एपिएफ र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले २–२ को बराबरी खेलेका छन् । कुमार राईले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा टुंगिृको थियो ।
मनाङका लागि आशिष गुरुङले दुई पटक दिलाएको अग्रतालाई जोगाउन सकेन । आशिष गुरुङले छैटौं मिनेटमा गोल गदै मनाङलाई अग्रता दिलाएपनि ६३ औं मिनेटमा अमिन रावलले गोल गदै खेललाई बराबरीमा ल्याए । ८३औ मिनेटमा आशिषले गोल गदै मनाङलाई २–१ को अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा पाएको पेनाल्टीलाई कुमारले बराबरी गोल गर्दै टोलीको हार टारे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवहाक अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठको स्मृतिमा यु १८ प्रतियोगिता आयोजना गरेको हो । श्रेष्ठको गत बर्ष जेठ २९ गते करेन्ट लागेर मृत्यु भएको थियो । शनिबार नै एन्फाले मुख्य कार्यालय बाहिर श्रेष्ठको प्रतिमा स्थापना ग¥यो । श्रेष्ठकी आमा नन्नु श्रेष्ठले उनको प्रतिमा अनावरण गरेकी थिइन् । ए डिभिजनका ८ र मोसफलका ४ गरि १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल असार ११ गते हुनेछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]