5 years ago
October 3, 2019
एजेन्सी – प्रशिक्षकको रुपमा फ्रान्क लाम्पार्डले युइएफए च्याम्पियन्स लिगमा पहिलो जितको स्वाद चाखेका छन्। बुधबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च टोली लिलमाथि २–१ को जित निकालेपछि लाम्पार्डले पहिलो जितको स्वाद चाखेका हुन्।
लाम्पार्ड यसै सिजन चेल्सीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । च्याम्पियन्स लिगको पहिलो खेलमा चेल्सी भ्यालेन्सियासाग १–० ले पराजित भएको थियो । फ्रान्समा भएको खेलमा चेल्सीको जितमा टम्मी अब्राहम र विलियनले गोल गरे । घरेलु टोलीका भिक्टर ओसिमहेनले एक गोल फर्काए ।
खेलको २२औं मिनेटमा २२औं जन्मदिन मनाइरहेका टम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले फिकायो तोमोरीको पासमा गोल गरेका थिए । टम्मीको यो पहिलो च्याम्पियन्स लिगमा पहिलो गोल समेत हो । प्रिमियर लिगमा लगातार उच्च प्रदर्शन गरिरहेका टम्मीलाई इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरो छनोट २०२० को लागि चेक रिपब्लिक र बेल्जियनविरुद्धको खेलमा टोलीमा समावेश गर्ने बताएका छन्।
३३औं मिनेटमा भिक्टर ओसिमहेनले बराबरी गोल फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । भिक्टरले जोनाथन बाम्वाको पासमा गोल गरेका थिए ।
खेलभर नै घरेलु टोलीलाई दबाबमा राखेको चेल्सीले थप गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । लगातार पोस्ट आक्रमण बुनेपनि चेल्सीले लिलको बलियो रक्षापङ्ति तोड्न सकेको थिएन । तर, ७८औं मिनेटमा कलुह हड्सन ओडोईको पासमा ब्राजिली विलियनले भलीमार्फत सुन्दर गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी भयो । जितसँगै चेल्सी समूह ‘एच’ मा २ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लिल अंकविहीन रहँदै पुछारमा छ ।
यही समूहको अर्काे खेलमा नेदरल्यान्ड्सको आयाक्सले भ्यालेन्सियाललाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । आयाक्सको जितमा हाकिम जियाच, क्विन्सी प्रोमिस र डोनी भान विकले गोल गरे । खेलको सुरुमै भ्यालेन्सियाले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा हार बेहार्न पुग्यो । जितसँगै अपराजित रहेको आयाक्स २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदा भ्यालेन्सिया ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]