default_image

5 years ago

October 3, 2019

सलाह चम्किएपछि च्याम्पियन लिभरपुलको संघर्षपुर्ण जित

88 views

0 Bookmark

एजेन्सी – फरवार्ड मोहम्मद सलाह चम्किएपछि साविकको विजेता इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग फुटबलमा अष्ट्रियन क्लब साल्र्जवर्गमाथि सघर्षपुर्ण जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा एक समय ३–० को आरामदायी अग्रता लिएरपनि लिभरपुलले ४–३ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा एन्ड्रिउ रोबर्टसन र साडियो मानेले गोल गरे । साल्जवर्गका हे चान ह्वाङ, ताकुमी मिनामिमो र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे ।

खेलको नवौं मिनेटमा रोवर्टाे फिर्मिनोको पासमा साडियो मानेको गोलबाट लिभरपुलले खेलमा  अग्रता लिएको थियो । २५औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले एलेक्ससान्दर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ३६औं मिनेटमा फिर्मिनोको पासमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले साल्जवर्गविरुद्ध ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

३९औं मिनेटमा हे चान ह्वाङले गोल गरेपछि पहिलो हाफ ३–१ को अवस्थामा सकिएको थियो । ५६औं मिनेटमा ताकुमी मिनामिनाले गोल गर्दै पाहुना टोलीलाई ३–२ को अवस्थामा ल्याए । ६०औं मिनेटमा अर्लिङ ब्राउटले गोल गर्दै साल्जवर्गलाई ३–३ गोलको बराबरीमा ल्याए ।

६९औं मिनेटमा सलाहले फिर्मिनोको पासमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै लिभरपुललाई ४–३ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले जितसहित महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

संघर्षपुर्ण जितसँगै लिभरपुलले समूह ‘ई’ मा पहिलो जित निकाल्दै ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । ३ अंकसहित साल्जवर्ग तेस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा इटालियन क्लब नेपोली र बेल्जियन क्लब जिन्कले गोलरहित बराबरी खेल्दै अंक बाँडे । ४ अंकसहित नेपोली शीर्षस्थानमा रहँदा जिन्क १ अंकसहित पुछारमा छ ।

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

Success

Thank you for your time.